नेपालगन्ज : काँग्रेस सहित पाँच दलिय गठबन्धनबाट बाँके क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार सुदिप नरसिंह राणा योग्य र सक्षम ब्यक्ति भएको सर्बसाधारणले बताएका छन् ।
शुक्रबार (आज) बेलुकी नेपालगन्ज वडा नम्बर ११ मा गरिएको घरदैलोका क्रममा उपस्थित सर्बसाधारणले कुनैपनि भ्रष्टाचार, अनियमिततामा नजोडिएका राणाले बाँके क्षेत्र नम्बर २ बाट संघिय संसदमा प्रतिनिधित्व गर्न सक्ने बताए ।
क्षेत्र नम्बर २ मा राणाका प्रतिस्पर्धीहरु बीच भ्रष्टाचार र अनियमितताबारे आरोप प्रत्यारोप चलिरहेको छ । तर, काँग्रेसले उठाएका उम्मेदवार राणा कुनै पनि आर्थिक अनियमिततामा संलग्न छैनन् ।
‘यो क्षेत्रमा पहिलेदेखि नै कांग्रेस पार्टी बलियो हो, यस पटक पनि सबैले कांग्रेसलाई विश्वास गर्नुहुन्छ भन्ने लाग्छ,’ स्थानीय अनिल श्रेष्ठले भने ‘सुदिप नरसिंह राणाको राजनीतिक र सामाजिक योगदान धेरै छ, राजनीतिक सँस्कार भएका उहाँलाई क्षेत्र नम्बर २ का बासिन्दाले भावी सांसद बनेको हेर्न चाहेका छन् ।’
काँग्रेस एक्लै बलियो रहेकाले पाँच दलबीच गठबन्धन भएर चुनाव लड्दै गर्दा राणाकै पल्लाभारी हुने उनको जिकिर छ । वडामा गरिएको चुनावी प्रचारमा श्रेष्ठ पनि सहभागी भएका थिए ।
त्यस्तै चुनावी प्रचारका क्रममा अर्का स्थानीय फैयाद हुसेनले पनि राणालाई भोट हाल्ने बताए । उक्त वडामा हुने डुबान समस्यालाई निर्वाचित भएपछि कांग्रेसका प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारले समाधान गर्नुपर्ने स्थानीयको अपेक्षा छ ।
सो क्रममा प्रतिनिधी सभाका उम्मेदवार राणाले आफु निर्वाचित भएपछि क्षेत्र नम्बर २ कै विकासमा सक्रिय हुने प्रतिवद्धता जनाएका थिए ।