कोहलपुर : बाम-लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नम्बर १ ले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेको छ । कोहलपुरमा शुक्रबार अपरान्ह पत्रकार सम्मेलन गरी गठबन्धनले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
बाँके क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक, प्रदेश सभा-१ (२) का उम्मेदवार फुलाराम थारु, नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य अशोक कोईराला, बाम-लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर १ का संयोजक एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, नेपाली काँग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेल लगायतले संयुक्त रुपमा प्रतिवद्ध पत्र सार्वजनिक गरेका थिए ।
शिक्षा, स्वाथ्य, पर्यटन र पर्यावरण, खानेपानी तथा सरसफाई, स्थानिय कला, संस्कृती प्रवद्र्धन, व्यापार व्यवसाय र बजार व्यवस्थापन, गरिबी निवारण, सुचना र सञ्चार, सामाजिक सुरक्ष, बजारीकरण, आधुनिक पशुपालिक तथा कृषि, सिँचाइ, आय आर्जन तथा रोजगार, सिँचाइ, आय आर्जन तथा रोजगार, युवा तथा खेलकुद, बिद्युुत, आर्थिक, सडक यातायात, प्रशासन र सुशासन र विपद व्यवस्थान सम्बन्धी मुख्य बुँुदाहरु समेटिएको प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।
प्रतिवद्धता पत्रमा कोहलपुरमा अन्तरिट्रय क्रिकेट मैदान र राष्ट्रिय महिला क्रिकेट एकेडेमी निर्माण, राप्ती नदिको डुवान तथा कटान नियन्त्रण गर्न बनेको गुरुयोजना कार्यान्वयन, कोहलपुर-सल्यान घुईयावारी सडक निर्माण, कोहलपुरमा सिटी हल निर्माण, राँझा बिमान स्थललाई अन्तराष्ट्रिय बिमान स्थलको रुपमा विकास गर्ने, यस क्षेत्रमा मुटु, बाल रोग र न्युरो अस्पताल निर्माण, नरैनापुरमा ईलाका प्रशासन कार्यालय स्थपना, नापी र मालपोत कार्यालय स्थापनालाई प्राथमिकतामा राखिएको छ ।
विगतमा बिद्यालयबाट टिनको छाना विस्थापन गर्ने योजनालाई निरन्तरता दिदैं विपन्न समुदायको फुसको छानो विस्थापन योजनाका साथै प्रतिबद्धता पत्रमा कृषि पर्यटनलाई प्राथमिकतामा राखिएको छ ।
आगामी पाँच वर्ष भित्र सबैमा शुद्ध खानेपानी पुर्याइने, एक वडा एक उत्पादन, कोहलपुरमा बोटानिकल पार्क निर्माण, स्थानीय सञ्चार माध्यामलाई संरक्षण, सिक्टा सिँचाइ आयोजनका पुर्बी नहर निर्माणलाई समेत प्रथमिकतामा राखिएको छ ।
यसैगरी एक पालिका एक खेल मैदान, एक बिद्याल एक स्स्पोस्र्ट क्लब र खेल पुर्बाधार, पाँच वर्षभित्र हाल ग्राबेल रहेका सम्पुर्ण सडक कालोपत्रे, सबै नदी नालामा पक्की तटबन्ध निर्माण गरि खेतीयोग्य जमिन संरक्षण, रोहिणी देखी मानखोलासम्म फोरलेन सडक निर्माण र नरैनापुरमा छोटी भन्सार स्थापनाको कामलाई पाँच वर्षभित्रै पुरा गरीने उल्लेख गरिएको छ ।
प्रतिवद्धता पत्रमा आगामी पाँच वर्ष भित्र निर्वाचन क्षेत्र भर बिद्युत विस्तार, कोहलपुरमा निर्माण भइरहेको कवर्ड हललाई पूर्णता, नरैनापुरको सुख्खा क्षेत्रमा डिप बोरिङको ब्यवस्था लगायतका काम प्रथमिकतामा छन् ।
प्रतिवद्धता पत्रमा संघिय सरकारद्धारा विगत पाँच वर्षमा भएका कामहरुलाई समेत लिपिवद्ध गरेर सार्वजनिक गरिएको छ ।
राप्ती सोनारी र नरैनापुर बिद्युतीकरण, नरैनापुर जोड्ने हुलाकी सडक निर्माण, राप्ती नदीको कटान तथा डुवान नियन्त्रण गर्न गुरु योजना निर्माण गरि पक्की तटबन्ध निर्माण, कोहलपुरको अन्तरािष्ट्रय क्रिकेट मैदान निर्माणका लागी डिपिआर निर्माण गरि निमाण प्रक्रिया सुरु, नरैनापुरको घोरदौरिया देखी अगैया जेड्ने सडक निर्माण, कोहलपुर २ को कवर्ड हल निर्माणका लागी बजेट विनियोजन गरिनुका साथै नेपालगन्ज रंगशालामा सेन्थेटीक ट्रयाक र फ्लड लाइट जडानका लागि टेण्डर प्रक्रिया अगाडी बढाइएको बताइएको छ ।
यस्तै निर्वाचन क्षेत्रभित्रका बिद्यालयमा १ सय ७० वटा पक्की कक्षा कोठा निर्माण, कोहलपुरमा फुटबल एकेडमी निर्माणको प्रक्रिया सुरुवात, नागरिक आवासमार्फत झण्डै दुई हजार घर निर्माण, एक हजार ५ सय घरहरु निर्माण प्रक्रियामा रहेको कुरालाई उपलब्धीका रुपमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा बाँके प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उम्मेदवार महेश्वर गहतराज अथकले गठबन्धनका उम्मेदवार समावेशी, उर्जावान र अनुभवी भएकाले जनताले भारोसाका रुपमा हेरेको बताए ।
सिंहदरबार बुझेको हुनाले आगामी बर्ष विकासको बर्ष हुने र जनताका आपेक्ष पुरा हुने प्रतिबद्धता जनाए । यस्तै प्रदेश सभा-१ (२) का उम्मेदवार फुलाराम थारुले गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराएपछि मात्र विकास र समृद्धि आउने बताए ।
यो पनि पढ्नुस् :
बाँके क्षेत्र नम्बर १ को बाम-लोकतान्त्रिक गठबन्धनको प्रतिवद्दता सार्बजनिक