नेपालगन्ज : सुदीप नरसिंह राणा, जो बाँके क्षेत्र नम्बर-२ बाट प्रतिनिधी सभाका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका छन् । उनी चुनावी प्रचार प्रसारमा तीब्र रुपमा लागिरहँदा उनको पक्षमा मतदात खुल्दै गएका छन् ।
नेपालगन्जको वडा नम्बर-२० र वडा नम्बर-१५ क्षेत्रमा शनिबार चुनावी प्रचार गरिरहँदा उनलाई स्थानीयले साथ दिने प्रतिवद्धता ब्यक्त गर्नुका साथै रुखमा भोट हाल्न पाउँदा खुशी भएको प्रतिक्रिया दिए । त्यस्तै चुनावी प्रचारका क्रममा पार्टीका नेता तथा कार्यकर्ता मात्र होइन, स्थानीयबासीको उल्लेख्य सहभागिता हुने गरेको छ ।
चुनावी प्रचारमा उनीसगैं प्रदेश सभा-२ (१) का उम्मेदवार राजकुमार बर्मा र प्रदेश सभा-२ (२) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल पनि त्यत्तिकै उत्साहित देखिन्छन् । चुनावी प्रचारका क्रममा स्थानीयको साथमा रुखमा भोट हाल्ने प्रतिबद्धता सुन्दा प्रतिनिधी सभा र प्रदेश सभाको परिणाम काँग्रेसको पक्षमा रहेको उनीहरुको भनाई ।
चुनावी प्रचारमा ब्यस्त क्षेत्र नम्बर-२ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार राणाले भने, ‘हामी जनताको घरदैलो पुग्दै गर्दा, जनताको समस्यादेखि उनीहरुको कुराहरु सुनिरहेका छौं, जनताले के चाहेका छन, त्यो कुरालाई मनन् गरिरहेका छौं ।’
उनले अगाडी थपे, ‘मलाई राजनीतिबाट फाइदा लिनु छैन, यहाँका जनताको सेवा गर्न पाउँ, उनीहरुलाई राज्यले दिने सेवा सुविधाको पहुँचमा पुर्याउन सकुँ, मतदाताको हरेक सुख र दुःखको सारथी बन्न सकुँ ।’
चुनावी प्रचारसँगै यस क्षेत्रका जनताको अवस्था बुझ्नका लागि सकभर प्रत्येक मतदाताको घरदैलोमा पुग्ने अभियानमा रहेको राणाले बताए । पहिलो पटक चुनावी अभियानमा होमिएका उनी आफ्नो पहिलो अनुभव भएका कारण सबै मतदाताको घर आँगनमा पुग्नुपर्ने बताउँछन् ।
यसरी जनताको घर आँगनमा पुग्दा राणालाई मतदाताले सकारात्मक प्रतिक्रिया दिदैँ आएका छन्, भने राणाले पनि प्रचारका क्रममा उनीहरुको समस्यालाई प्राथमिकता दिने गरेका छन् । आगामी निर्वाचनमा काँग्रेस नै ठुलो पार्टी बन्ने र सरकारको नेतृत्व पनि काँग्रेसले नै गर्ने भएकाले काँग्रेसका उम्मेदवार राणासँग बाँके, क्षेत्र नम्बर २ का मतदाताले ठुलो अपेक्षा राखेका छन् ।
चुनावी प्रचारका क्रममा राणा हरेक दिन डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा पुगिरहेका छन् । राणाले नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २० र १५ क्षेत्रमा रहेका मतदातालाई शनिबार भेटेका छन् । मतदातालाई भेट्ने क्रममा राणालाई साथ दिन स्थानीयको बाक्लो उपस्थिती देखिएको थियो ।