नेपालगन्ज : आगामी मंसिर ४ गतेको निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेस सहित पाँच दलिय गठबन्धनबाट प्रतिनिधी सभा बाँके, क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणाको जित्ने सम्भावना प्रवल देखिएको छ । कारण हो, क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसको सबैभन्दा बढी मत हुनु र त्यसमाथि मतदाताको विश्वास ।
निर्वाचनका लागि काँग्रेससहित माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन रहेको छ । राणा क्षेत्र नम्बर २ का लागि पुराना अनुहार हुन् । जसले नेपालगन्जमा बसेर बिगत ३८ वर्ष देखि नेपाली कांग्रेसमा रहेर राजनीति गरिरहेका छन् ।
राणाको राजनीतिक यात्रा २०४२ देखि सुरु भएको हो । सुरुमा नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो । नेपाल बिद्यार्थी संघको सदस्यता लिएर राजनीतिक यात्रा तय गरेका थिए ।
सो पश्चात तरुण दल हुँदै नेपाली कांग्रेसमा लामो समयदेखि विना कुनै स्वार्थ उनी लागि रहेका छन् । सुदिपको व्यक्तिगत आचरणको कुरा गर्ने हो भने, उनी पदका लागि आफू कहिलै स्वार्थी भएनन् । सधैं समाजसेवा का लागि मैले राजनीति गरेको हो भन्ने सदिप समाजसेवी व्यक्तिले पद र व्यक्तिगत स्वार्थका लागि लाग्नु हुन्न भन्ने मानसिकता उनको रहेको छ ।
राजनीतिमा मात्र नभएर उनको परिवार नै सामाजिक कार्यमा पनि अग्रसर रहेको छ । सुदिपको परिवार विगत ६० वर्षदेखि नेपाली कांग्रेसमा आवद्ध रहेको छ । निर्वाचन आयोगले तोकेको समय सीमाअवधिदेखि सुदिपनिरन्तर चुनावी प्रचारमा सक्रिय छन् ।
चुनावी प्रचारमा नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका क्षेत्रमा रहेको मतदाताका घरदैलोमा उनी पुगिरहेका छन् । तर, चुनावी प्रचारमा जाँदा उनलाई जनताले विश्वास गरेको वतावरण देख्न सकिन्छ । स्थानीय मतदाताले खुलेरै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्ने गरेको राणा बताउँछन् ।
चुनावी माहोलमा प्रतिस्पर्धी उम्मेदवारका लागि राणा नयाँ अनुहार भएतापनि क्षेत्र नम्बर २ का लागि उनी पुरानो अनुहार भएकाले उनलाई मतदाता समक्ष भोट माग्नका लागि सहज भएको अनुमान लगाउन सकिन्छ । त्यसैले उनको चुनावी प्रचारमा नेपाली कांग्रेसका नेता तथा कार्यक्रर्ता सहित स्थानीयको पनि सहभागिता देख्न सकिन्छ ।
उनी चुनावी अभियानमा प्रत्येक मतदातको घरदैलोमा पुगेर उनीहरुको समस्या बुझ्नु पर्छ भन्ने मानसिकता राख्ने व्यक्ति हुन् । उनी चुनावी प्रचारका क्रममा जनताका समस्यालाई पनि बुझ्ने प्रयास गरेको पाइन्छ ।
बाँके, क्षेत्र नम्बर २ मा प्रतिनिधी सभाका लागि प्रतिस्पर्धीका रुपमा सुदिप बाहेक जनता समाजवादी पार्टी (जसपा) का उम्मदेवार मोहम्मद इश्तियाक राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार डा. धवलसम्शेर राणा रहेका छन् । तर, यस क्षेत्रमा कांग्रेसले पाएको भोट हेर्ने हो भने सुदिपको बहुमत देखिन्छ ।
स्थानीय चुनावको तथ्यांक हेर्ने हो भने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा कांग्रेसले सबैभन्दा बढी मत ल्याएर पहिलो पार्टी बनेको थियो । नेपालगन्जको वडा नम्बर १६ र १७ बाहेक बाँकी २१ वटा वडा क्षेत्र नम्बर २ मा पर्छन्, भने डुडुवाका सबै ६ वटा वडा क्षेत्र नम्बर २ मा पर्छन् ।
स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरुले प्राप्त गरेको मत अनुसार सबैभन्दा बढी कांग्रेसको १८ हजार ३७ मत रहेको छ । यसैगरी एमालेको १५ हजार ४ सय ७८, जनता समाजवादी पार्टी (जसपा) को १३ हजार ८ सय ९ र राप्रपाको ८ हजार ४ सय ९४ मत रहेको छ ।
यस्तै नेकपा (माओवादी केन्द्र) को ६ हजार ८ सय ५९, नेकपा (एकिकृत समाजवादी) को ८ सय २१ र लोसपाको ५ सय ६४ मत रहेको छ । यसकारण नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनका कार्यकर्ताले ईमान्दारीपुर्वक सुदिप नरसिंह राणालाई मत दिने हो भने उनले जित्ने सम्भावना प्रवल रहेको विश्लेषण अहिले भइरहेको छ ।