कोहलपुर : कोहलपुर नगरपालिका वडा नम्बर १५ चन्नहवा गाउँका थारु अगुवाले प्रतिनिधी सभाका 'बाम-लोकतान्त्रिक गठबन्धन' बाट प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उम्मेदवार महेश्वरजंग गहतराज 'अथक' र प्रदेश सभा-१ (२) का उम्मेदवार फुलाराम थारुलाई भेटेका छन् ।
उक्त ठाउँका विकासमा पछाडी परेको छ । विकासमा पछाडी परेको चन्नहवा गाँउका थारु आगुवाले समृद्धि र विकासका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताए ।
परिर्वतनको आन्दोलनमा योगदान गरेका र थारु समुदायको अधिकारका लागि संघर्ष गरेका ब्यक्तिलाई माओबादी र काँग्रेसले उम्मेदवार बनाएकोमा प्रसंशा गरेका थिए । सो क्रममा उनीहरुले गहतराज र थारुलाई मतदान गर्ने प्रतिबद्धता जनाए ।
अब बन्ने गठबन्धनको सरकार र स्थानीय सरकार मिलेर पेडारी नालामा पुल तथा बिद्यालय भवन निर्माण गरिदिनुपर्ने माग राखे । यस्तै चन्नहवा गाँउसम्म आवत जावत गर्ने बाटो कालोपत्रे गरिदिनुपर्ने माग पनि गरे । थारु अगुवालाई सम्बोधन गर्दै उम्मेदवार गहतराजले आगामी पाँच वर्ष भित्र पेडारी नालामा पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बिद्यालयमा टिनको छानो हटाउने आफ्नो योजना रहेको भन्दै आगामी वर्ष बिद्यालय भवन निर्माण गरिने बताए । यस्तै प्रदेश सभाका उम्मेदवार फुलारामले आफुहरु निर्वाचित भएपछि विकास निर्माणमा केन्द्रित भएर लाग्ने बताए । संघ र स्थानीय सरकारसँग समन्वय गरेर प्रदेश सरकारबाट बजेट ल्याउने उनले प्रतिबद्धता जनाए ।
सो क्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्णप्रसाद आचार्य, उपप्रमुख संगिता सुबेदी, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बाँके क्षेत्र नम्बर १ का निर्वाचन परिचालन समिति संयोजक नरेन्द्र न्यौपाने, दामोदर अधिकारी, काँग्रेस कोहलपुर नगर सभापति एवम् वडाअध्यक्ष बिरेन्द्र शाह, वडा नम्बर १५ का वडाअध्यक्ष दिपेन्द्र चौधरी, वडा नम्बर १४ का वडाअध्यक्ष नमबहादुर आले, तुलाराज विष्ट, अवराज खड्का लगायतको सहभागिता रहेको थियो ।