नेपालगन्ज : २०७४ सालमा पहिलो पटक सांसदमा निर्वाचित भएपछि माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वरजंग गहतराज 'अथक' ले सात वटा संकल्प गरेका थिए । जसको कार्यान्वयनमा उनी खारो उत्रेका छन् । आफुले बोलेका कुरा गरी छाड्ने र सुरु गरेका कामहरु पनि पुरा गरी छाड्ने स्वभाव भएका अथक आफ्नो बचन पुरा गर्न सफल भएका छन् ।
पहिलो कार्यकालका लागि निर्वाचित हुँदा 'अथक' ले निर्वाचन क्षेत्रका जनतासँग महिनामा कम्तिमा २ पटक अन्तरक्रिया गर्ने, यस क्षेत्रमा विद्यालय भवनबाट टिनको छानो बिस्थापन गर्ने, राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालले जोड्ने तथा राप्ती सोनारी र नरैनापुरमा बिद्युतीकरण गर्ने बाचा गरेका थिए ।
त्यस्तै जिल्लाको समग्र विकासको नेतृत्व लिने, बाँकेको पहुँच सिंहदरबारसम्म पुर्याउने र सिक्टा सिँचाइ आयोजनाको काम अगाडी बढाउनुका साथै पुर्वी नहर निर्माण गरेर सिक्टाको पानी खेतमा पुर्याउने जस्ता संकल्प गरेका थिए । आफुले गरेका सबै संकल्प पुरा गरेका अथकले आफ्नो निर्वाचन क्षेत्रमा दिर्घकालिन प्रभाव छाड्ने खालका ठुला योजनाहरु समेत भित्राउन सफल भएका छन् ।
निर्वाचन क्षेत्रका जनतासँग महिनाको कम्तिमा दुई पटक अन्तरक्रिया गर्ने
पहिलो पटक निर्वाचति भईसके पछि अथकले आफ्नो निर्वाचन क्षेत्रका जनतासँग नियमित भेटघाट र अन्तरक्रिया गर्ने संकल्प गरेका थिए । जनतासँग महिनामा कम्तीमा दुई पटक अनिवार्य अन्तक्रिया गर्ने र सोही आधारमा विकासका कामलाई प्राथमिकता राख्दै आएका थिए ।
जिल्लामा भएको समयमा कुनै न कुनै कार्यक्रम बनाएर प्रायः दैनिकजसो उनी जनतासँग भेटघाट र अन्तरक्रिया गरिरहन्थे । जिल्ला बाहिर अर्थात् काठमाडौमा भएका समयमा समेत महिनामा दुई पटक अनिवार्य जिल्ला आउने र अन्तरक्रिया र छलफल गर्ने गरेका थिए ।
अथकका अनुसार युवा तथा खेलकुद मन्त्री हुँदा जिलला आउने क्रम केही कम भएपनि सांसदको हैसियतमा रहँदा साप्ताहिक रुपमा जिल्लामा आउने र अन्तरक्रिया गर्ने गरिएको थियो । सो संकल्पका कारण अथक नियमित जनतामा माझ छन र लोकप्रिय समेत छन् । आसन्न निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट पुनः उम्मेदवारी दिएका अथकले सर्वप्रिय ‘विकासप्रेमी’ नेताको छवि समेत बनाएका छन ।
विद्यालय भवनबाट टिनका छाना विस्थापन अभियान
अथकले आफु निर्वाचित भए लगत्तै यस क्षेत्रका बिद्यालयहरुबाट टिनको छाना विस्थापन गर्ने संकल्प गरेका थिए । सो अभियानमा पनि अथक सफल भएका छन । उनको पहलमा यस क्षेत्रमा बिभिन्न विद्यालयमा झण्डै २ सय पक्की कक्षा कोठाहरु निर्माण भएका छन् ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमको अधिकाशं बजेट बिद्यालय भवन निर्माणमा खर्चेका अथकले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र अन्य कार्यक्रमबाट समेत बिद्यालय भवन निर्माण र अन्य शैक्षिक सुधारमा जोड दिएका थिए ।
शिक्षा क्षेत्रमा सुरु भएका सबै नयाँ र पुराना कार्यक्रमहरुको बजेट जिल्लामा पार्न उनि सफल भएका छन् । ‘बजेटको आकार सानो ठुलो होला, तर सबै कार्यक्रम मेरो निर्वाचन क्षेत्रमा चालु छन,’ अथक भन्छन् । उनले बिद्यालय भवनका साथै बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पनि प्रविधिक धार र कम्प्युटर ल्याव निर्माणमा समेत जोड दिएका थिए । यस संकल्पका कारण दिगो विकास गरि देशको शैक्षिक तथा आर्थिक समाजिक अवस्थामा परिर्वतन ल्याउन चाहेको अथकको भनाई छ ।
राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालसँग जोड्ने
यस निर्वाचन क्षेत्रको समस्याहरु गहिरोसँग बुझेका अथकले अर्को महत्वकाक्षी संकल्प गरेका थिए, त्यो हो विकट स्थानका रुपमा चिनिने राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालसँग जोड्ने । उनले प्रगती हुन नसकेको हुलाकी सडकलाई पुर्णता दिन पहलकदमी लिएका थिए ।
राप्ती सोनारीको मेहमानपुर देखी अधैयासम्म जोड्ने थप हुलाकी सडक निर्माण गरे । नरैनापुर देखी अगैया जोड्ने सडक निर्माण प्रक्रिया सुरु गरे । अगैयादेखी मध्य भाग हुँदै राँझा र बर्दियाको बढैया तालसम्म पुग्ने सडक निर्माण सुरु गरे ।
यि बाहेक कोहलपुर, राप्ती सोनरी र नरैनापुरमा थुप्रै साना ठुला सडक आयोजना सुरु गरेर सडक सञ्जाललाई बिस्तार गरेका छन् । सडक सञ्जालविहिन राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का २ स्थानमा झोलुङ्गे पुल र राप्ती सोनारीको मदुईमा पुल निर्माण गरेर उनले सो क्षेत्रमा सडक सञ्जाल विस्तार गरेका छन् । यस अभियानले अथक विकास प्रेमी र जनताको आवश्यकता अनुसारको विकास गरिनु पर्छ भन्ने सोच भएका नेता हुन भन्ने कुरा प्रमाणित गरको छ ।
बिद्युतीकरणको अभियानलाई पुर्णता दिने
अथकले आफु निर्वाचित भएपछि राप्ती सोनारी गाँउपालिका वडा नम्बर १, ३, ४, ५, ६, ७ मा बिद्युतीकरण र नरैनापुर क्षेत्रमा बिद्युतीकरणको कामलाई पूर्णता दिने संकल्प गरेका थिए । झण्डै ३० वर्षदेखि ठाडिएका पोलहरुमा बिद्युत विस्तार गर्ने उनको महत्वकांक्षी योजनमा वन मन्त्रालय र ठेकेदार कम्पनी बाधक बनिरहेका थिए ।
उनको ठुलो कसरतपछि बिद्युत विस्तारमा सहजता आयो र उनले संकल्प गरे अनुरुप हाल राप्ती सोनारी र नरैनापुर क्षेत्रमा बिद्युतीकरणको काम करिव पुर्ण अवस्थामा पुगेको छ । बिद्युतीकरणपछि नरैनापुर र राप्ती सोनारी क्षेत्रमा कृषि उत्पादन बढ्नुका साथै लघु तथा घरेलु उद्योग स्थानपा भई रोजगार सृजना हुने उनको बुझाई छ । बिद्युतीकरणका लागि सो क्षेत्रमा झण्डै ३० अर्व बजेट खर्च गरिएको छ ।
बाँके जिल्लाको पहुँच सिंहदरबारसम्म पुर्याउने
सांसद निर्वाचति भएपछि उनले यस जिल्लाको सार्वजनिक सरोकारका विषय र विकासबारे नियमित सिंहदरबारलाई घच्घचाउन सुरु गरे । उनी नियमित संसदमा उपस्थित हुने र यस क्षेत्रका विषयलाई संसदमा राख्ने काम गरे । उनको सोही क्रियाशिलताका कारण पहिलो पटक सांसद पदमा निर्वाचित भएको साढे तीन वर्षपछि मन्त्रीका रुपमा सपथ लिन सफल भए ।
पहिलो पटक सांसदमा निर्वाचित हुनेलाई मन्त्री बन्ने विरलै अवसर प्राप्त हुन्छ । संसदमा निरन्तरको क्रियाशिलता र व्यक्तिगत क्षमताकै आधारमा उनी पहिलो कार्यकालमै युवा तथा खेलकुद मन्त्री बन्न सफल भए । जसका कारण बाँके जिल्लाको सिंहदरबारसम्म सिधा पहुँच स्थापित भयो ।
उनी खेलकुद मन्त्री हुँदा खेल क्षेत्रमा नीतिगत सुधार र पुर्वाधार विकास गर्नुका साथै खेलाडीहरुको मनोबल बढाउन पुरस्कार तथा सम्मान गर्ने परम्पराको थालनी गरेका छन् । उनकै अग्रसरतामा हालै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा सफलतापूर्वक सम्पन्न भयो ।
जिल्लाको समग्र विकासको नेतृत्व लिने
‘अथक’ सांसदमा निर्वाचित भएसँगै जिल्लाको समग्र विकासको नेतृत्व लिन समेत सफल भएका छन् । छोटो समय मन्त्री बनेका उनी अधिकाशं समय मुद्धा मामलामा बितेपनि जिल्लाका लागी केही दुरगामी महत्वका योजनाहरु सुरुवाद गर्न सफल भएका छन् ।
विभिन्न नियुक्तीका बिषयलाई लिएर उनले सम्हालेको मन्त्रालयविरुद्ध २३ वटा मुद्धा परेका थिए । नेपालगन्ज बिमानस्थलको स्तरउन्नती, सुख्खा बन्दरगाहा, कोहलपुरमा अन्तराष्ट्रिय क्रिकेट मैदान र राष्ट्रिय महिला क्रिकेट एकेडमी, राप्ती नदीको कटान तथा डुवान नियन्त्रणको गुरु योजना जस्ता ठुला तथा महत्वपूर्ण योजना निर्माणका कामहरु सुरु भएका छन् । यस्तै उनले नौवस्ता औद्योगिक क्षेत्र निर्माणका लागि समेत उनको पहलकदमी छ ।
सिक्टा नहर खेतसम्म पुर्याउने
नेपाली लगानीमै बनेको सिक्टा सिँचाइ आयोजनामार्फत बाँकेका किसानको खेतबारीसम्म पानी पुर्याउने उनको अर्को संकल्प होे । तर, केही प्राविधिक र अन्य समस्याका कारण सिक्टा सिँचाइ आयोजना बीचमै बन्द हुने हो कि भन्ने अवस्था सिर्जना भयो ।
खास गरी निर्माण सम्पन्न नहुँदै पश्चिम मुलनहरको केही भाग भत्कनुले यसको निरन्तरतामा ठुलो समस्या पैदा भयो । उक्त क्षेत्रको सांसद अथकको विशेष पहलमा भत्किएको नहरको भाग मर्मत गरेर पुनः सुचारु गराइयो । अहिले सिक्टाको पश्चिम मुल नहर निर्माणको काम करिव सम्पन्न भएको छ ।
शाखा र प्रशाखा नहर निर्माणको काम चलिरहेको छ । नरैनापुर र राप्ती सोनारीको केही भाग सिँचाइ गर्न पुर्बी नहरको योजना समेत सुरुवात गराउन अथक सफल भएका छन् । पुर्बी नहर निर्माण भएर केही स्थानमा सिँचाइको काम समेत सुरु भइसकेको छ ।
योे पनि पढ्नुस् :
‘अथक’ को यस्तो छ, राजनीतिक आरोह-अवरोह
भिडियो हेर्नुस् :