काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार शनिबार बिहान साढे ७ बजेसम्म प्रतिनिधि सभातर्फ ३ क्षेत्रको मात्र अन्तिम परिणाम आउन बाँकी रहेको छ ।
जसमध्ये २ क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ, भने एकमा माओवादी केन्द्रले अग्रता बनाएको छ । यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ एमालेले अग्रता कायमै राखेको छ । गणना भएको १ करोड ३ लाख ९२ हजार ९३४ सदर मतमा एमालेले २७ लाख ७९ हजार ८६ मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४८ हजार ४१ मत ल्याएको छ । नेकपा ९माओवादी केन्द्र० तेस्रो स्थानमा छ । माओवादी केन्द्रले ११ लाख ६१ हजार ४०८ मत पाएको छ । यस्तै, ११ लाख २१ हजार १५५ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ ।
दलहरुले अहिलेसम्म प्राप्त गरेको मत :
एमाले : २७,७९,०७६
नेपाली काँग्रेस : २६,४८,०४१
नेकपा (माओवादी केन्द्र) : ११,६१,४०८
राष्ट्रिय स्वतन्त्र पार्टी : ११,२१,१५५
राष्ट्रिय प्रजातन्त्र पार्टी : ५,८६,०२७
जनता समाजवादी पार्टी : ४,२०,९३८
जनमत पार्टी : ३,९४,३६८
नेकपा (एकीकृत समाजवादी) : २,९४,०८३
नागरिक उन्मुक्ति पार्टी : २,७१,६५८
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल : १,६७,२७८
नेपाल मजदुर किसान पार्टी : ७५,०४९
हाम्रो नेपाली पार्टी : ५५,६०१
मंगोल नेशनल अर्गनाइजेशन : ४८,५१८
राष्ट्रिय जनमोर्चा : ४६,३५२
नेपाल संघीय समाजवादी पार्टी : ४१,८०६
नेकपा माक्र्सवादी लेनिनवादी : ३०,४१३
राष्ट्रिय जनमुक्ति पार्टी : २३,८९४
जनता प्रगतिशिल पार्टी : १८,०४८
नेपाल आमा पार्टी : १७,८३२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च : १७,७९७
बहुजन एकता पार्टी नेपाल : १७,०६४
नेपाली काँग्रेस विपी : १२,४७४
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल : १२,२६३
नेपाली जनता दल : ९,९७०
बहुजन शक्ति पार्टी : ९,४३५
नेपालका लागि नेपाली पार्टी : ८,३९६
नेपाल कम्युनिष्ट पार्टी : ७,९९७
नेपाल लोकतान्त्रिक पार्टी : ७,६९२
नेपाल जनता पार्टी : ७,५०६
नेकपा माक्र्सवादी (पुष्पलाल) : ७,३७२
मितेरी पार्टी नेपाल : ७,०४२
जनजागरण पार्टी नेपाल : ६,५३५
आमूल परिवर्तन मसिहा पार्टी नेपाल : ६,४०६