नेपालगन्ज : आफ्नो क्षेत्रको विकासका लागि लुम्बिनी प्रदेशकी सांसद कृष्णा केसी नमुना अहिले संघीय सरकारका मन्त्रालयमा दौडधुप गरेकी छन् । संघीय सरकारबाट ठूला योजना र बजेट पार्न दौडधुप गरेकी हुन् । केही दिनअघि मात्र उनी लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयमा पुगेकी थिइन् ।
राप्तीसोनारी र नरैनापुरमा विकासका योजना माग्दै नमुनाले संघीय सरकारका विभिन्न मन्त्रालयमा योजनाहरु पेश गरेको उनको सचिवालयले जनाएको छ । काठमाडौं पुगेकी उनले सोमबार अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर दुई गाउँपालिकाका योजना पेश गरिन् ।
मन्त्रीसमक्ष आफ्नो निर्वाचन क्षेत्रमा चार स्थानमा पक्की पुल, दुई स्थानमा झोलुंगे पुल, चार स्थानमा एकीकृत बस्ती विकास, दुई वटा विद्यालयको भवन निर्माण, तीन हजार पाँच सय घरधुरीका फुसका छाना हटाउन बजेट, १६ किलो मिटर पक्की नाली निर्माण लगायतका योजना पेश गरेकी हुन् ।
‘मैले राप्तीसोनारी र नरैनापुरका लागि १७ बुँदामा योजनाहरु राखेर दुबै मन्त्रालय तथा अन्य केही विभागमा पेश गरेकी छुँ, मन्त्रीज्यूहरु सँग समेत यहाँको विकास निर्माणको बारेमा छलफल भयो,’ उनले भनिन् । आफूले पेश गरेका योजनाका बारेमा दुबै मन्त्रीहरु सकारात्मक रहेको नमुनाले बताइन् ।
सुन्नुस्, सांसद नमुनाको प्रतिक्रिया :