नेपालगन्ज : बाल संरक्षण तथा सामाजिकब्यवहार परिवर्तन कार्यक्रमले वास्तविक जोखिममा रहेका बालबालिका र महिलाहरुका लागि उत्कृष्ट कार्य गरेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा कर्णाली र सुदुरपश्चिम प्रदेशमा सञ्चालित उक्त परियोजनाको बार्षिक समिक्षा गोष्ठीमा सहभागि महिला तथा बालवालिका शाखा प्रमुखहरुले यस्तो बताएकाहुन् ।
बाल संरक्षण कार्यक्रम सञ्चालन पछि पालिकाभित्र जोखिममा रहेका बालवालिका र हिंसा प्रभावित महिलाहरुको पहिचान गर्ने, स्याहार योजना तयार गर्ने, सहयोग गर्ने, स्थानीय सरकारसँग उनीहरुको पहुँच स्थापीत गर्न समन्वयको कार्यउत्कृष्ट र प्रभावकारि रहेको उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका महिला विकास अधिकृत सुनिता केसीले समुदाय तहमा बासले गरेको काम निकै प्रभावकारी रहेको बताईन् । उनले प्रदेश तहबाट गर्नुपर्ने सहकार्यका लागि सदैव तयार रहेको भन्दै कार्यक्रमको निरन्तरताआवश्यक रहेको बताईन् ।
यसैगरी कार्यक्रममा बोल्दै खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले कार्यक्रमलाई थप प्रभावकारी बनाउन पालिकाले गर्नुपर्ने कुरामा सधै अग्रसर रहने प्रतिबद्धता गरे । सो क्रममा पालिकाका महिला तथा बालवालिका शाखा प्रमुखहरुले बासको समन्वय पक्ष निकै बलियो रहेकाले काम गर्न सहज भएको बताएका थिए ।
बर्दियाको ठाकुरद्धारामा आयोजना गरिएको समिक्षा गोष्ठीमा बाल संरक्षण तथा सामाजिक ब्यवहार परिवर्तन कार्यक्रमको उद्धेश्य र योजना गरिएका कार्यक्रमहरुको बारेमा जानकारी युनिसेफ नेपालका कुंगा सन्दुपलामाले गरेका थिए, भने कार्यक्रमअन्तरगत अक्टुबर २०२१ देखि सेप्टेम्बर २०२२ सम्म बार्षिक रुपमाहासिल गरेको प्रगति, उपलब्धी, चुनौती, सिकाईको प्रस्तुतीकरण कार्यक्रम संयोजक हेमराज भट्टले गरेका थिए ।