नेपालगन्ज : नेपालगन्जमा 'वफल हट' रुफटफ सुइङ क्याफे सञ्चालनमा आएको छ । पश्चिम नेपाल कै पहिलो ‘टेबुल टप बारबिक्युु’ सहितको क्याफेको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका प्रबन्धक डा. एम. किदवाईले रिवन काटेर क्याफे उद्घाटन गरेका हुन् ।
नेपालगन्जको पासाङ्गल्हामु मार्गमा अवस्थित उक्त क्याफेमा बफल, ईन्डियन फुड, चाइनिज, कन्टिनेन्टल, मक्टेल्स, हलाल चिकेनका आइटम लगायत पाइने सञ्चालक सौरभ गुप्ताले जानकारी दिए । करिव ५० लाख रुपैयाँको लागतमा दुई वटा फल्याटमा सञ्चालित उक्त क्याफेमा स्पेशल परिकारका रुपमा बफल, कुल्लर पिजा, तन्दुरीका विभिन्न आइटम रहेको उनले बताए । ‘यस्तो खालको क्याफे पश्चिम नेपालकै पहिलो हो,’ सञ्चालक गुप्ताले भने ।
उद्घाटनका क्रममा डा. किदवाईका साथै पुर्बमेयर विजय गुप्ता, डा. दिपेश गुप्ता, डा. रजनी केसी शाह, डा. सर्मिला गुप्ता, डा. सुभम गुप्ता, डा. सन्दिप गुप्ता, डा. अल्तबान राही, डा. मोहमद आजम, डा. नैमुद्दिन सिद्दिकी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।










