नेपालगन्ज : वनसँग सेलिब्रेटी कार्यक्रम सकारात्मक सोचका प्रणयता कर्ण शाक्यको विशेष उपस्थितीमा नेपालगन्जमा सम्पन्न भएको छ । डिभिजन वन कार्यालय बाँकेको सहयोग तथा बास नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका शाक्यले गरिबीको कारण नेपालमा सुशासन हुन नसकेको बताए । नीति नियम र कानुन अनुसार देशका संयन्त्रहरु सञ्चालित भएमा कोही पनि गरिब नहुने उनको भनाई थियो ।
झण्डै ३ घण्टा सम्म चलेको कार्यक्रममा उनले आफ्ना अनुभवहरु सुनाएका थिए । उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथी लुम्बिनी प्रदेशका निर्वतमान वनमन्त्री सुरेन्द्र हमालले कर्ण शाक्यले थालेको सकारात्मक सोच अभियानले मानिसलाई सकारात्मक बन्न अभिप्रेरित गरेको बताए । कार्यक्रममा उपस्थित अतिथि तथा सहभागी हरुलाई स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश डिभिजन वन कार्यालयका वन अधिकृत गणेश खड्काले गरेका थिए ।
बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा धन्यबाद ज्ञापन डिभिजन वन कार्यालयका प्रमुख अजितकुमार कर्णले गरेका थिए, भने कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेकी थिइन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथी शाक्य, सकारात्मक सोच अभियानका संयोजक प्रविन शाक्य, लुम्बिनी प्रदेशका निर्वतमान वन मन्त्री हमाल, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, बाँकेका प्रहरी प्रमुख सन्तोससिंह राठौर, बासका सल्लाहकार किरण आचार्य, जनप्रतिनिधी, सरकारी कार्यालयका प्रमुख, प्राध्यापक, कर्मचारी, गैससकर्मी, युवा लगायत गरी ४ सय ५० बढीको सहभागिता रहेको बासका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।
कार्यक्रममा सोच समुह नेपालगन्ज, टक्सार, असल शासन मिडिया, भ्वाई नेपालगन्ज, नाईस नेपालगन्ज, दिदि बहिनी समाज नेपालगन्ज, भायनेट, ब्राईटल्याण्ड स्कुल नेपालगन्जको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपालगन्ज स्थित सरस्वती बिद्यालयमा अध्ययनरत १५ जना र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा रहेका ५ जना विपन्न बालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको सूचना अधिकारी भट्टद्धारा जारी प्रेस नोटमा उल्लेख छ ।