नेपालगन्ज : नेपालगन्जमा हुन लागेको महोत्सवमा भोजपुरी गायक खेसारी लाल र मोडेल डान्सर प्रिती पासवान सहितका राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकार आउने भएका छन् । १५ दिन सम्म सञ्चालन हुने उक्त महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने भएको हो ।
यही माघ १० गते देखि हुन गइरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’मा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । जसमा ५० बढी कलाकारको सहभागिता रहने प्रचार-प्रसार समितिका संयोजक भागवत प्रसाद कँडेलले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलाकार गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, र्यापर लाहुरे, माईला, टंक तिमिल्सेना र गायिका रेखा जोशी, र्यापर मिस्टर आरजे गायिका सृजना खत्री, हाउडे माया, गायक प्रकाश सपुत, गायिका प्रिती आले, टिका सानु, डान्सर अञ्जली अधिकारी, आरुषी मगर, रुविना अधिकारी, गायिका शान्ती श्री, मेलिना राई, बिन्दु परियार, गायक एम.टी. महर, चन्द्र शर्मा, बाल गायक सुप्रिम मल्ल, बाल गायिका कमला घिमिरे, कमेडी कलाकार भटभटे र पुतली, बल्छी र राजु माष्टर लगायतका कलाकारको बेजोड प्रस्तुती रहनेछ । महोत्सवमा स्थानीय कलाकारको समेत प्रस्तुति रहने संयोजक कँडेलले बताए ।