कोहलपुर : नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले कोषाध्यक्ष, प्रवक्ता सहित विभिन्न ब्यक्तिलाई मनोनयन गरेको छ । क्षेत्र नम्बर १ का सभापति पोषण केसीले ध्रुव आचार्यलाई क्षेत्रीय कोषाध्यक्ष र तुलाराम खत्रीलाई क्षेत्रीय सदस्य हुदै प्रवक्तामा मनोनयन गरेका हुन् ।
क्षेत्रीय सचिव खुमबहादुर बस्नेतका अनुसार कृष्णबहादुर पुन, नमिता रावत, नसुरुद्दिन शेख र डम्मर बहादुर खड्कालाई क्षेत्रीय सदस्य तथा खुमबहादुर खत्री र यमबहादुर रावतलाई क्षेत्रीय प्रतिनिधिमा मनोनयन गरिएको छ ।
क्षेत्रीय उपसभापति समेत रहेका प्रदेश सभा-१ 'ख' का सभापति बलराम शर्मालाई अन्य पार्टी समन्वय प्रमुख, खुमबहादुर बस्नेतलाई स्थानीय तह समन्वय प्रमुख, जयश्वर पौडेललाई प्रशिक्षण प्रमुख, दिपेन्द्र उप्रेतीलाई युवा तथा तरुण समन्वय प्रमुख र ध्रुव आचार्यलाई अभिलेख, अनुगमन तथा मुल्यांकन प्रमुखमा मनोनयन गरिएको छ ।
यस्तै तुलाराम खत्रीलाई सूचना, सञ्चार तथा प्रचार-प्रसार प्रमुख, नमिता रावतलाई महिला समन्वय प्रमुख, गंगाराम थारुलाई थारु जाती समन्वय प्रमुख, कृष्णबहादुर पुनलाई आदिबासी जनजाति प्रमुख, गोविन्द केसीलाई संगठन प्रमुख, अञ्जु न्यौपानेलाई स्वास्थ्य प्रमुख, दिपा बस्नेतलाइ गैरसरकारी तथा सामाजिक सेवा समन्वय प्रमुखको जिम्मेवारी दिइएको छ ।