नेपालगन्ज : जनता माध्यामिक बिद्यालय सन्तकुटी खजुरास्थित पूर्व विद्यार्थी समाजले स्वर्ण जयन्तीको उपलक्ष्यमा स्वास्थ्य शिविर आयोजना गरेको छ । प्रमुख अतिथी समेत रहेका खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक तुफानले पूर्व विद्यार्थीहरुले आफ्नो विद्यालयमा आयोजना गरेको कार्यक्रम निकै सह्रानिय भएको बताए ।
जनता मा.वि. पूर्व विद्यार्थी समाजका सल्लाकार एवं कार्यक्रम संयोजक डा. पिताम्बर सुवेदीको अध्यक्षतामा उक्त कार्यक्रम सञ्चालन भएको थियो । डा. सुवेदीले आफुले अध्ययन गरेको बिद्यालयमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । आफु समाजको सकारात्मक कार्यमा जहिले पनि सँगै हुने बताए ।
कार्यक्रममा पूर्व विद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माले कार्यक्रमको उदेश्यमाथी प्रकाश पारेका थिए भने समाजका सल्लाकार दिलबहादुर पौडेलले स्वागत मन्तव्य राखेका थिए । अध्यक्ष शर्माले पूर्व विद्यार्थीहरुले स्वास्थ्यको माध्यमबाट आफुले अध्ययन गरेको विद्यालयमा आफ्नो दायित्व निभाउन र विद्यार्थीलाई विद्यालयप्रति जिम्मेवार बनाउन यो कार्यक्रम राखिएको बताए ।
यस्ता कार्यक्रमले स्वास्थ्यको सचेतना फैलाउने विश्वास गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयरसिंह थापाले पूर्व विद्यार्थीहरुको यो उत्साहले आफुहरुलाई थप बल पुगेको बताए । स्वास्थ्य शिविरमा नाक, कान, चर्म रोग, जनरल चेकजाच, बालरोग र आँखा सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा डा. पिताम्वर सुवेदी, डा. प्रचण्ड गौतम, डा.संकेत रिसाल, डा. आ.के.झाँ, डा. खगेन्द्रजंग शाह, लगायत विशेषज्ञ चिकित्सकले स्वास्थ्य सेवा प्रदान गरेका थिए, भने डा.पुरुषोत्तम बर्मा लगायत मेडिकल अफिसरबाट सेवा उपलव्ध गराइएको थियो । कार्यक्रमबाट विद्यार्थी र अभिभावक गरी ५ सय १० जनाले स्वास्थ्य सेवा लिएका थिए ।


