नेपालगन्ज : प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । बाँकेको पर्यटकीय स्थल डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीस्थित नानापुरमा आइतबार एक कार्यक्रमका बीच चौतारीले स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमको एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुनले उद्घाटन गरे । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी हारुनले पत्रकारिता पेशामा विगतदेखी वर्तमानको अवस्था चित्रण गरेका थिए । नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय सदस्य समेत रहेका उनले प्रेस चौतारी स्थापना गर्दा आफुहरुले गरेको मेहेनत र पत्रकारिता अंगाल्दा भोगेका चुनौतीबारे अवगत गराएका थिए ।
सोही अवसरमा बाँकेमा क्रियाशिल दुई जना पत्रकार सम्मानित भए । पत्रकार कृष्ण अधिकारी र धना केसी सम्मानित भएका हुन् । अधिकारी हिमालय टेलिभिजन र केसी रेडियो प्रतिबोधमा कार्यरत छन् ।अधिकारीलाई रेशम विरही सिर्जनशील पत्रकारिता र केसीलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी एवम् नेकपा एमालेका केन्द्रीय सदस्य हारुन, विशिष्ट अतिथी तथा एमाले केन्द्रिय सदस्य शान्ति ढकाल, एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय लगायतले सम्मान गरेका थिए । दुबै जनालाई दोसल्ला ओढाएर सम्मानपत्र र पाँच हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको थियो ।
चौतारी बाँकेका अध्यक्ष रोकायको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एमाले केन्द्रिय सदस्य ढकाल, प्रदेश सांसद बसन्ती अधिकारी, प्रेस चौतारीका लुम्बिनी प्रदेश सहईन्चार्ज रुद्र सुवेदी, प्रेस चौतारीका नेता शिव डोटेल, एमाले बाँकेका उपाध्यक्ष बिसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रदेश कोषाध्यक्ष यमनाथ घिमिरे, महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, प्रेस चौतारीका नेता भेषराज बस्नेत, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धिताल, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा एमालेका युवा नेता एवम् तत्कालिन क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका पुर्वअध्यक्ष भिम ओली, एमाले नेता दत्तप्रसाद आचार्य, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रिय सदस्य हेमन्त बिक, प्रेस चौतारीका केन्द्रिय सदस्य एवम् सञ्चारिका समुह बाँकेका अध्यक्ष रुपनी जिएम, लुम्बिनी प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सेना, प्रेस सेन्टरका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, प्रेस चौतारीका अगुवा गोपी बुढा, विष्णु बेल्वासे, गोविन्द शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्यद्धय मोहम्मद आरिफ अन्सारी र सरला सुवेदी, प्रेस सेन्टर बाँकेका उपाध्यक्ष राजेश आचार्य, प्रेस युनियन बाँकेका सचिव विजय मल्ल, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, होटल ब्यवसायी संघ बाँकेका पुर्वअध्यक्ष भाष्कर काफ्ले लगायत प्रेस चौतारीमा आवद्ध पत्रकार तथा एमालेका नेताहरुको उपस्थिती रहेको थियो ।
प्रेस चौतारी बाँकेका सचिव कमल डाँगीले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष बिनोद भट्टराईले स्वागत गरेका थिए । चौतारीको स्थापना दिवसको अवसरमा शनिबार पत्रकार महिला र शिक्षकबीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता गरिएको थियो ।
यस्तै आइतबार पनि प्रेस चौतारी निकट पत्रकार र एमालेका नेताहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको चौतारी बाँकेका उपाध्यक्ष बिनोद भट्टराईले जानकारी दिए ।