कोहलपुर : कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले मानसिक स्वास्थ्यका लागि बजेट छुट्याउने प्रतिवद्धता जनाएका छन् । उनले मानसिक स्वास्थ्यबारे आफु अहिलेसम्म जानकार नभएको पनि बताए ।
कोहलपुर नगरपालिकामा भएको मनोसामाजिक मानसिक स्वास्थ्यलाई स्थानीय तहमा समाहित गर्ने विषयमा आयोजित एक दिने कार्यशालामा बोल्दै रावतले भने, ‘मानसिक स्वास्थ्य विषयमा अहिलेसम्म कुनै नीति तथा कार्यक्रम तयार पारेका छैनौं, आगामी दिनमा मानसिक स्वास्थ्यका विषयमा बजेटको व्यवस्था गर्नेछौं ।’
कार्यक्रममा उपमेयर सन्जु चौधरीले जोखिममा रहेका द्वन्द्व तथा यातना पीडित, लैंगिक हिंसामा परेका व्यक्तिको मानसिक स्वास्थ्यका लागि गर्नुपर्ने देखिएकाले नगरपालिकाले विशेष योजना निर्माण गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा मनो विज्ञ प्राध्यापक डा. शिशिर सुब्बा, टिपिओका कार्यक्रम संयोजक पिताम्बर कोइराला, टिपिओका प्राविधिक सल्लाहकार सुरज कोइरालाले मानसिक स्वास्थ्यका बारेमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्रबहादुर केसी, वडा अध्यक्ष, विषयगत शाखाका प्रमुख र मनोसामाजिक प्रा.डा. शिशिर सुब्बा, अधिकारकर्मी, द्वन्द्व पीडित लगायतको उपस्थिती रहेको थियो, भने कार्यक्रम सञ्चालन टिपिओकका कन्सल्टेन्ट अधिकारकर्मी आलम खानले गरेका थिए ।