नेपालगन्ज : नेपालगन्ज च्याम्प्स र होलिल्याण्ड स्कुलले मंगलबार नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् । मंगल प्रसाद उच्च माविको खेल मैदानमा नेपालगन्ज च्याम्प्सले बिरता क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ ।
अर्को खेलमा होलिल्याण्डले बाल शिक्षालाई १ सय ४६ रनले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको बिरताले १२.३ ओभरमा ६९ रन मात्रबनाउन सक्यो । टोलीकालागिलुकमानखानले १३ रन र सद्धाम खानले ११ रन बाहेकअन्यले गतिलो स्कोर जोडन सकेनन् ।
नेपालगन्ज च्याम्प्सका लागि प्लेयर अफ द म्याच गोपाल जिसीले ४ विकेट, प्रतिक गिरीले ३ विकेट र सुबास आचार्यले २ विकेट लिएक ाथिए । जवाफमा च्याम्प्सले ६.३ ओभरमा १ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । च्याम्प्सका लागि फरदिन खानले अविजित ३९ रन, यासर्थ बैश्यले १२ रन र प्रविनगिरीले अविजित ११ रन बनाए । बिरताका लागि शेषराज शर्माले १ बिकेट लिए ।
यसैगरी महिला तर्फको खेलमा टस हारेर ब्याटिङ गरेको होलिल्याण्डले २० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ८९ रन बनाएको थियो । होलिल्याण्डका लागि प्लेयर अफ द म्याच जिज्ञासा थापाले अविजित ६१ रन, रन्जु श्रेष्ठले ५२ रन र मनिषा रानाले अविजित २० रन बनाए । बाल शिक्षाका लागि सम्झना मगरले १ विकेट लिईन् ।
जवाफमा बाल शिक्षाले १५.२ ओभर खेल्दैं १० विकेटको नोक्सानीमा ४६ रन मात्र बनाउन सक्यो । बाल शिक्षाका लागि कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । होलिल्याण्डका लागि दिक्षा पुरीले ३ विकेट, मनिषा राना र बिनाथापाले २-२ विकेट लिए ।
प्रतियोगिताअन्तर्गत बुधबार पुरुषतर्फ फालकोन स्पोर्टस क्लब र नेपालगन्ज थन्डरबिचप्रतिस्पर्धा हुनेछ । महिलातर्फको खेलमामंगल प्रसादउच्चमावि स्कुल र बालशिक्षाबिचहुने प्रतियोगिता संयोजकएवम् बाँके जिल्लाक्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले बताए । बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उपमहानगरपालिको आर्थिक सहयोगमा भइरहेको प्रतियोगितामा मेयर (पुरुष)तर्फ २२ र उपमेयर(महिला)तर्फ ६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ ।
प्रतियोगितामा पुरुष र महिलातर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफम्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।