नेपालगन्ज : दिदि बहिनी समाज बाँकेको प्रथम बार्षिक उत्सव सम्पन्न भएको छ । महिलाहरुको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएर गैरसरकारी संस्थाको रुपमा कार्य गर्दै आएको संस्थाले माघ २५ गते पहिलो बार्षिक उत्सव मनाएको हो ।
दिदि वहिनी समाज बाँकेका अध्यक्ष रमा देवी शाहको अध्यक्षता तथा नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान उपप्रमुख उमाथापा मगरको प्रमुख आतिथ्यतामा भएको बार्षिक उत्सवमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी थापाले दिदि बहिनी र आमाहरुको संयुक्त टिम साँच्चिकै उदाहरणीय रहेको बताईन् ।
संस्था स्थापनाको छोटो समयमा नै थुप्रै सामाजिक कार्य गरिसकेकोमा खुसी ब्यक्त गर्दै संस्थाले गर्ने हरेक कार्यमा साथ र सहयोग रहने प्रतिवद्धता गरिन् । कार्यक्रममा बोल्दै अतिथी तथा गैसस महासँघ बाँकेका अध्यक्ष नमस्कार शाहले महिलाहरुको नेतृत्वमा महिलाहरु नै मिलेर सामाजिक कार्यको भावले संस्था दर्ता गरि सामाजिक कार्य गर्नु अनुशरणीय रहेको बताए ।
यसैगरी कार्यक्रममा बोल्दै बासका कार्यबाहक अध्यक्ष शिवकुमार बर्माले महिलाहरुले नेतृत्व गरेका महिला संस्था निकै न्यून भएको अवस्थामा दिदि बहिनी समाज दर्ता भएर कार्य गर्नु उदाहरणीय रहेको बताए । उनले समाजका हरेक क्रियाकलापमा बासले सदैब सहकार्य गर्ने प्रतिबद्धता गर्दै बार्षिक उत्सव सफलताको शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा गैरसरकारी संस्था महासँघ बाँकेका अध्यक्ष शाह, दिदि बहिनी समाजका सल्लाहकार किरण आचार्य, फेडोका अध्यक्ष निर्मला सुनार, डेक नेपालका अध्यक्ष हरिकला थापा, फातिमा फाउण्डेसनका मैमुना सिद्धिकी, निल सागर सेवा श्रमका अध्यक्ष सरिता खनाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताले सामाजिक क्षेत्रमा महिलाको संख्या न्यून रहेकोमा महिलाले नै नेतृत्व गरेको र सहभागी रहेको संस्थाले कार्य गर्नु प्रशंसनीय रहेको बताए । दिदि बहिनी समाजका उपाध्यक्ष दिला शाहले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्थाका सचिव लुना बुढाथोकीले गरेकी थिइन् ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष दिला शाहले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेदन छलफल पश्चात अनुमोदन गरेको छ ।