नेपालगन्ज : प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ नेपालगन्ज नगर अध्यक्षमा शिवप्रसाद दाहाल निर्वाचित भएका छन् । नेपालगन्जमा शनिबार सम्पन्न प्रथम नगर अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो ।
निर्वाचन समितिका अनुसार संघको नगर उपाध्यक्षमा विष्णुप्रसाद भुषाल, बिमलकान्त गुप्ता र सुनिला बराल तथा सचिवमा माधवप्रसाद पोखरेल र सन्तोषकुमार पौडेल निर्वाचित भएका छन् । यस्तै सहसचिवमा बदरुद्धिन अन्सारी र सुरबिर फडेरा तथा कोषाध्यक्षमा पदम श्रेष्ठ र सहकोषाध्यक्षमा युवराज ढकाल निर्वाचित भएको निर्वाचन समितिका सदस्य तोजिन्द्र बिकले जानकारी दिएका छन् ।
यसैगरी नगर सदस्यमा डा. पंकजकुमार गुप्ता, भरतकुमार खड्का, सूर्यकुमार श्रेष्ठ, कमल प्रसाद पौडेल, निम बहादुर सिंह ठकुरी, किशोर कुमार आचार्य, एकराज पाण्डे, सूर्य केसी, किरण खनाल, मिरा पाण्डे, दुर्गा थापा, रफेल अहमद खाँ, सुरेशसिंह परियार, सञ्जयकुमार बर्णवाल, खिमराज अधिकारी, जयकिशन शाह (तेली), सुनिल गुप्ता, जिन्टुटन मुल्तियार (साहिल), विष्णु अर्याल, गणेश भण्डारी र प्रितिसिंह ठकुरी निर्वाचित भएका छन् ।