कोहलपुर : कोहलपुरमा शुक्रबारबाट सुरु भएको लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ मा अहिलेसम्म २ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । महोत्सव सञ्चालन भएको पाँचौ दिनसम्म कूल २ करोड ५० लाख रुपैयाँ भएको हो ।
आयोजक कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले महोत्सवको पाँचौ दिन १ करोड ३० लाख कारोबार भएको जानकारी दिए । उनका अनुसार पाँचौ दिन कूल १८ हजार टिकट बिक्रि भएको छ । अन्य सहित २० हजार जनाले महोत्सव अवलोकन गरेका छन् ।
यही फागुन ५ गतेबाट सुरु भएको महोत्सवमा मंगलबार हालसम्म १ करोड २० लाख कारोबार भयो । अहिलेसम्म कूल ४४ हजार बढी दर्शकले महोत्सव अवलोकन गरे ।
महोत्सवमा ५ करोडको आर्थिक करोबार हुने अनुमान गरिएको छ । यस्तै ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजक कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ । चौथोदिन दिन ८ हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए ।
महोत्सवको दोस्रो दिन ५ हजारले अवलोकन गरेका थिए । ३० लाख कारोबार भएको थियो । तेस्रो दिन ९ हजारले गरे अवलोकन गरेका थिए भने ५५ लाख कारोबार भएको थियो । महोत्सव मूल आयोजक समितिका अध्यक्ष पौडेलका अनुसार चौथो दिन महोत्सवमा कूल ३५ लाख कारोबार भएको थियो ।
‘महोत्सव उत्साहजक रुपमा भइरहेको छ । दर्शकहरुको संख्यापनि बढिरहेको छ, अन्य निर्माणका कामपनि सकिएका छन्, अपेक्षाकृत रुपमा महोत्सव सञ्चालन भइरहेको छ,’ पौडेलले भने । केही अपुग रहेका संरचना समेत निर्माण सम्पन्न भएकोले अझै बढी दर्शकको उपस्थिती रहने र कारोबार पनि बढ्ने उनको अपेक्षा छ ।
कोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ कोहलपुरमा पहिलो पटक लुम्बिनी प्रदेश स्तरीय महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा चौथो दिनबाट विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितासमेत सुरु भएको छ । प्रतियोगितामा २० विद्यालय सहभागी छन् । प्रतियोगिताको पहिलो दिन चार विद्यालयले प्रस्तुती दिएका थिए । महोत्सवमा २ सय ५० स्टल राखिएका छन् । संघका महोत्सव आगामी फागुन १३ गतेसम्म सञ्चालन हुने महासचिव मातृका सापकोटाले जानकारी दिए ।