नेपालगन्ज : नेपालगन्जस्थित वेष्टर्न अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन ८ बेड क्षमताको ‘लेभल ३ आइसियु सेवा’ सञ्चालनमा ल्याएको छ । आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि १/१ जना तालिम प्राप्त ‘डेडिकेटेड’ नर्सका साथै २४ सै घण्टा ‘क्रिटिकल केयर कन्सल्टेण्ट’ डाक्टर ड्युटीमा रहने ब्यवस्था मिलाइएको अस्पतालले आइतबार पत्रकार सम्मेलनमार्पmत जानकारी दिएको हो ।
‘यस्तो सुबिधा भएको आइसियु सञ्चालन गर्ने वेष्टर्न अस्पताल काठमाडौँ उपत्यका बाहिरको पहिलो निजी अस्पताल हो,’ प्रबन्ध निर्देशक डा. राहुल थापाले भने । अस्पतालको आइसियुमा भर्ना हुने बिरामीमा हुने बिरामीको स्वास्थ्य सुचकका बारेमा जानकारी दिनका लागि डब्लु.एच.ओ. को प्रोटोकल अनुसार बिरामीको हेल्थ इण्डिकेटर इन्फरमेशन सिस्टम मिलाइएको उनले बताए ।
आइसियुमा अन्र्तराष्ट्रिय मान्यता प्राप्त संस्थाबाट उच्च शिक्षा र तालिम प्राप्त अनुभवी चिकित्सक र नर्स कार्यरत रहेको डा. थापाले बताए । अस्पतालले क्बालिटी अफ नर्सिङ र आइसियु मै २४ घण्टा कन्सल्टेण्ट चिकित्सकको ब्यवस्था गरेर गुणस्तरिय उपचार सेवालाई विशेष रुपमा केन्द्रित गरेको छ ।
त्यसैगरी उपचार सेवालाई थप प्रभावकारी बनाउन अस्पतालले टिचिङ, ह्याम्स, ग्राण्डी जस्ता सुबिधा सम्पन्न अस्पतालको आइसियु विभागमा लामो समय काम गरेका विशेषज्ञ चिकित्सक र नर्सिङ स्टाफसँग सहकार्य गर्दै आईरहेको जनाएको छ ।
‘आइसियु मै डाइलासिस सुबिधा छ, ६ वटा भेन्टिलेर सहित अत्याधुनिक उपकरणहरु छन्, वेष्टर्न अस्पतालले आजैदेखि ६ बेडको एचडियु सेवा पनि सुरु गरेको छ, केही दिन मै ६ बेडको एनआइसियु सञ्चालन गर्ने तयारी गरिरहेको छ,’ डा. थापाले भने ‘वेष्टर्न अस्पतालमा ९ बेडको अप्रेशन थियटर छ, आइसियु लगायतका सुबिधा बढाउनका लागि करिव ५ करोड रुपैयाँको लागतमा उपकरण र पुर्बाधारहरु थप गरिएको छ ।’
अस्पतालको क्रिटिकल केयर विभागमा डा. पारस पाण्डे, मेडिसिन विभागमा कन्सल्टेन्ट फिडिसियन डा. मधु अर्याल सहितका चिकित्सक र नर्सिङ स्टाफको टिम कार्यरत रहेको अस्पतालले जानकारी दिएको छ ।
विगत १९ बर्षदेखि सञ्चालित एक सय बेडको क्षमताको उक्त अस्पतालले अर्थाेपेडिक, ट्रमा, जनरल र्सजरी, स्त्री तथा प्रसुती रोग, नाक कान घाटी, जनरल मेडिसिन, म्याक्जिलो फेसियल सर्जरी र युरोलोजी सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालले निकट भविष्यमा बाल रोग, मानसिक रोग, न्युरो सर्जरीका साथै डाइलासिस सेवा सञ्चालन गर्ने तयारी गरिरहेको प्रबन्ध निर्देशक डा. थापाले जानकारी दिए ।