कोहलपुर : नेपाली काँग्रेस क्षेत्र नम्बर १ बाँकेले संगठन विस्तार तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम गरेको छ । क्षेत्रीय सभापति पोषणराज केसीको सभापतित्व एवम् केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता एवम् प्रदेश सदस्य टेकनारायण भुसाल र अञ्जना पाण्डेको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका जिल्ला उपसभापति कृष्ण कार्की, चिन्तामणि धिताल, प्रदेश सभा १ ख का सभापति बलराम शर्मा, काँग्रेस नेताहरु अम्मर बुढाथोकी, भानुभक्त भट्टराई, बिरेन्द्रकुमार शाह, भिमबहादुर रानाक्षेत्री, संगिता चौधरी, रामचन्द्र मौर्य, तुलसीराम थारु लगायत अतिथीको सहभागिता रहेको थियो ।
क्षेत्रीय कार्यसमितिबाट विस्तारित शाखाहरुमा १० सदस्यीय प्रशिक्षण विभाग, १५ सदस्यीय सूचना तथा सञ्चार शाखा, १५ सदस्यीय अभिलेख ब्यवस्थापन शाखा, १५ सदस्यीय तरुण विभाग शाखा, १५ सदस्यीय महिला शाखा, १५ सदस्यीय थारु जाती समन्वय शाखा, ७ सदस्यीय अन्य पार्टी समन्वय शाखा, १३ सदस्यीय उद्योग वाणिज्य तथा ब्यापार शाखा, १५ सदस्यीय कृषि तथा किसान समन्वय शाखा र १५ सदस्यीय स्थानीय तह समन्वय शाखा रहेको छ ।
यस्तै क्षेत्रीय कार्यसमितिले विभिन्न ब्यक्तीलाई सल्लाहकार समिति र आमन्त्रित सदस्यमा मनोनयन गरेको छ । क्षेत्रीय प्रवक्ता तुलाराम खत्रीले दिएको जानकारी अनुसार नारायणप्रसाद गौडेल, नरबहादुर मल्ल, कृष्ण पौडेल, रामचन्द्र मौर्य, नारायण सिग्देल, तप्त पौडेल, तुलसीराम थारु, भानुभक्त भट्टराई, खेमप्रसाद दाहाल, रामलौटन यादव र गुट्टु थारुलाई सल्लाहकार समितिमा मनोनयन गरिएको छ । यसैगरी प्रेमबहादुर ओली, धर्मराज शाही, गंगा सापकोटा, बालकुमारी सापकोटा, रामकिसुन थारु र पानबहादुर ओलीलाई आमन्त्रित सदस्यमा मनोनयन गरिएको छ ।