नेपालगन्ज : नेपाली काँग्रेका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले नयाँ वर्ष २०८० र ईद पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० आर्दशनगरस्थित नेपालगन्ज हेल्थ क्याम्पसमा सोमबार उक्त कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा बोल्ने काँग्रेस नेताहरुले नेपाली काँग्रेसलाई नयाँ ढंगले अगाडी बढाउनुपर्ने बताए । पछिल्लो समयमा उदाएका नयाँ दलमा जनताको आर्कषण बढ्नु, लोकतन्त्र र प्रजातन्त्रका लागि योगदान गर्ने ठुला दलप्रति जनताको आर्कषण घट्नुको कारणबारे गम्भिर समिक्षा हुनुपर्ने उनीहरुको भनाई छ ।
सो क्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बाल्मिकीसहित राष्ट्रिय सभाका सदस्य युवराज शर्मा, पुर्वमन्त्री गजेन्द्रबहादुर हमाल, काँग्रेस बाँकेका सभापति नारायण गौडेल, निर्वतमान सभापति किरण कोइराला, पुर्वसभापति कृष्णमान श्रेष्ठ र सनत रेग्मी, पार्टीका नेता एवम् निर्वतमान उपसभापति सुनिलनरसिंह राणा, संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी, पार्टीका लुम्बिनी प्रदेश सदस्यद्धय दिक्षा कोईराला र कृष्णा सापकोटा, महासमिति, महाधिवेशन प्रतिनिधि, काँग्रेस जिल्ला, क्षेत्र र नगरका पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
काँग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव सुनिलसिंह हमालले गरेका थिए ।