नेपालगन्ज : १७ औं लोकतन्त्र दिवसलाई बागेश्वरी असल शासन क्लब बासले मनाएको छ । दिवसको अवसरमा बासले नेपालमा लोकतन्त्र, संस्थागत विकास र चुनौती बिषयक छलफल कार्यक्रम गरेको हो ।
बास नेपालको केन्द्रीय कार्यालयमा भएको छलफलमा बोल्दै प्रमुख अतिथि बासका संस्थापक सल्लाहकार रुद्रप्रसाद तिमिल्सिनाले लोकतन्त्र र स्वतन्त्रता पर्यायबाची भएकाले हरेक ब्यक्तिका लागि लोकतन्त्र सबैभन्दा राम्रो ब्यवस्था भएको बताए ।
उनले सबैले आफ्नो कर्तब्य पुरा गर्ने हो भने सुशासन कायम हुने जनाए । कुनैपनि कुरा जति कठोर हुन्छ त्यती चाडो नष्ट हुन्छ भन्दै लोकतन्त्रको अर्को बलियो पक्षलचकता भएको बताए । यस्तै बासका सल्लाहकार तथा बरिष्ववठ पत्रकार पूर्णलाल चुकेले हरेक ब्यक्तिलाई लोकतन्त्रको भरपुर उपयोग गर्न पाउनुपर्ने बताए ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले बासले सुशासन बहालीका लागि हुने हरेक परिवर्तनमा भूमिका निर्वाह गर्दै आएको बताए । आगामी दिनमा समेत सुशासनको पक्षमा र भ्रष्टाचारको बिरुद्धका सधै आवाज प्रवाह गरिरहने बताए ।
कार्यक्रममा युवाहरुले लोकतन्त्रमा मनपरितन्त्र हावी भएको भन्दै जिम्मेवारीमा रहेका ब्यक्तिहरु जवाफदेही बन्नु पर्नेमा जोड दिए । उक्त छलफलमा अन्य अतिथीहशरु बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, निर्वतमान अध्यक्ष रमेश सिटौला, उपाध्यक्ष शिवकुमार बर्मा, पूर्बअध्यक्ष मन भण्डारी लगायत ३० जनाभन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा बासका तर्फबाट गैरसरकारी संस्था महासंघ बाँके शाखाको कार्यसमितिमा निर्वाचित भएका बासका निर्वतमान अध्यक्ष रमेश सिटौला र पूर्वअध्यक्ष मन भण्डारीलाई बधाई ज्ञापन गरिएको थियो ।
यसैगरी बासमा प्रशासन सहायकको रुपमा कार्यरत श्रुती चौधरीलाई प्रशंसा पत्र प्रदान गरेर बिदाई गरिएको बासका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिएका छन् ।