नेपालगन्ज : ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय नेपालगन्जले बाँकेका महिला कानुन ब्यवसायी र नर्सिङ संघ बाँकेका अध्यक्षलाई स्वागत तथा सम्मान गरेको छ ।
संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा आयोजित कार्यक्रममा बाँकेका महिला कानुन ब्यवसायी सुनिता शर्मा, मिरा दलेल, पुनम श्रेष्ठ, देवीमाया खत्री, दुर्गाकुमारी खड्का र नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीलाई स्वागत तथा सम्मान गरिएको हो ।
सो क्रममा राजयोगिनी ब्रम्हाकुमारी दुर्गा दिदीले नारीमा भएको क्वालिटी कम नहोस् भन्दै विशाल हृदयकी धनी बनेर आईपरेका पहाड जस्ता समस्या परिस्थितीलाई सामना गर्दै अघि बढ्नुपर्ने बताइन् । ‘आत्मबल बढाउन, स्वयंलाई सशक्त बनाउन, स्वयंलाई चार्ज गर्न यो माईती घर, मन बिसाउने चौतारीमा परमात्मासँग मनका कुरा गर्नुहोला, बुद्धिको तार जोड्नुहोला,’ उनले भनिन् ।
विश्व विद्यालयले गरेको सम्मानको सबैले सह्राना गरेका थिए । लुम्बिनी प्रदेशका सांसद कृष्णा के.सी नमुना, नेपाल प्रेस युनियन बाँकेका पुर्वअध्यक्ष एवम् नेपाली काँग्रेसका नेता मेघराज ओली लगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीलाई ईश्वरीय उपहार (मायाको चिनो) प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा संस्थाका क्षेत्रीय सचिव कृष्णबहादुर रानाभाटले कविता वाचन गर्दै स्वागत गरेका थिए । ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय नेपालगन्जका उपप्रमुख राजयोग प्रशिक्षिका ब्रम्हाकुमारी मुनाले सहजीकरण गरेकी थिईन् ।