नेपालगन्ज : नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले काँग्रेस कमजोर भएमा लामो संघर्ष गरेर ल्याएको संबिधान नै नरहने अवस्था आउने खतरा औल्याएका छन् ।
नेपाल टे«ड युनियन काँग्रेस बाँकेको ७ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै विशिष्ट अतिथी समेत रहेका उनले भने, ‘जनताको चेतनाको विकास हुनुपर्छ, तब मात्र मुलुक अगाडी बढ्छ, आज ७० वर्ष लगाएर ल्याएको संविधानमाथी चारैतिरबाट आक्रमण हुदैछ ।’
यो देशमा नेपाली काँग्रेसले मात्र संबिधानलाई जोगाउन सक्ने प्रतिनिधि सभाका सांसद राठौरले जोड दिए । ‘अरु पार्टीहरु भोली के गर्छन्, त्यसको ठेगान हुदैन, काँग्रेस यो देशको जिम्मेवार र जनताप्रति उत्तरदायी पार्टी हो,’ भने ।
विगतमा राजाले साथ नदिएका कारण राजा फाल्नु परेको स्मरण गर्दै उनले मुलुकको ब्यवस्था परिवर्तनका लागि काँग्रेसले पटक पटक आन्दोलनको नेतृत्व गरेको बताए । २०४८ सालको चुनावपछि काँग्रेसले ल्याएको उदार अर्थ नीतिका कारण देशमा परिवर्तन आएको दाबी गरे । उदार अर्थ नीतिका कारण उद्योग, कलकारखाना, शिक्षा, स्वस्थ्य, सञ्चार लगायत क्षेत्रको विकास भएको राठौरले बताए ।
राजनीति पाउनका लागि नभएर जीवनलाई सार्थक बनाउनका लागि गर्नुपर्ने उनको भनाई छ । काँग्रेसमाथी अहिले चौतर्फी रुपमा आक्रमण भइरहेको बताउँदै सहमहामन्त्री राठौरले भने, ‘यो पार्टीलाई कसरी बचाएर भोलीका दिनमा लिएर जाने, भोलीका नयाँ पिढीमा के लिएर जाने भन्ने चुनौतीको विषय बनेको छ ।’