काठमाडौं : नेपाल एसिसी प्रिमियर कपको विजेता बन्दै एसिसी एसिया कपमा छनोट भएको छ । काठमाडौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदमामा मंलबार सम्पन्न फाइनलमा नेपालले युएईमाथि ७ विककाे सहज जित निकालेको हो ।
सोमबारको फाइनल खेल वर्षाका कारण रोकिएपछि मंगलबारका लागि सरिएको थियो । युएईले प्रस्तुत गरेको १ सय १८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि गुल्सनले ८४ बलमा ६ छक्का र ३ चौकाको मद्दतमा अविजित ६७ रन बनाए ।
भिम सार्की ३६ रनमा अविजित रहे । चाैथाे विकेटका लागि गुल्सन र भिमले अविजित ९६ रनकाे साझेदारी गरे । यसैगरी आसिफ शेख ८ तथा कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेल समा १ रन बनाएर आउट भए । युएईका लागि रोहन मुस्ताफाले २ तथा आयन खानले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ३३.१ ओभरमा सबै विकेट विकेट गुमाएर १ सय १७ रनको योगफल तयार पारेको थियो । युएई १०६-९ को स्थितमा रहँदा वर्षाका कारण सोमबारको खेल रोकिएको थियो । यही स्थितबाट मंगबारको खेल सुरु गरेको युएईले थप १ज्ञ रन बनाउँदा बाँकी १ विकेट गुमायो ।
युएईका लागि आसिफ खानले ४६, आर्यन लाक्राले १३, कप्तान मोहम्मद वासिमले ११ तथा बसिल हमिद र जुनैदी सिद्धिकीले समान १० रन बनाए । नेपालका लागि ललितनारायण राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले समान २ तथा सोमपाल कामी र गुल्सन झाले समान १ विकेट लिए ।
एसिया कपमा छनोट भएसँगै नेपालले भारत र पाकिस्तानसँग खेल्न अवसर पाउने भएको छ । आगामी सेप्टेम्बरमा हुने एसिया कपको समूह‘ए’मा नेपालसहित घरेलु टोली पाकिस्तान, भारत तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहनेछन् ।