कोहलपुर : सामुदायिक सिकाई केन्द्र कोहलपुरले गरिव, असहाय तथा जेहेन्दार छात्र–छात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ । शिक्षा मन्त्रालयको आर्थिक सहयोगमा गरिव, असाहय तथा जेहेन्दार छात्र–छात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको रामजानकी राधाकृष्ण सँस्कृत गुरुकुल आधारभुत बिद्यालय र कोहलपुर नगरपालिका वडा नम्बर १३ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका छात्र छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी कोहलपुर नगरपालिका मेयर पूर्णप्रसाद आचार्यले बाल बालिका भनेका भविष्यका कर्णाधार भएकाले उनीहरुमा भएको क्षमताको विकासका लागि शैक्षिक विकास हुनुपर्ने आजको आवश्यकता भएको बताए ।
सामुदायिक सिकाई केन्द्रले विद्यार्थीहरु लाई प्रदान गरेको शैक्षिक सामाग्रीले बाल बालिकालाई पठन पाठनमा ठुलो सहयोग पुग्ने उनले बताए । आचार्यले कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको राम जानकी राधाकृष्ण सँस्कृत गुरुकुल आधारभुत बिद्यालयलाई कोहलपुर नगरपालिकाले केही सहयोग गर्न नसकेको हुँदा आगामी बजेटमा सहयोग गर्ने समेत बताएका थिए ।
कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिकले नगरपालिकामा रहेका सबै सामुदायिक बिद्यालयहरुले शैक्षिक सुधार गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए । कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष डम्बरबहादुर खड्काले बिद्यार्थीलाई बिद्यालय पठाउनुपर्ने अभिभावकको महत्वपूर्ण जिम्मेवारी भएको बताए ।
राम जानकी राधाकृष्ण सँस्कृत गुरुकुल आधारभुत बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष गोविन्द प्रसाद ढकालले बिद्यालयलाई कोहलपुर नगरपालिकाले एक जना शिक्षकको व्यवस्थापन गरिदिन आग्रह समेत गरे । यस्तै बिद्यालय व्यवस्थापन समितिका सदस्य सुर्दशन देवकोटाले राम जानकी राधाकृष्ण सँस्कृत गुरुकुल आधारभुत बिद्यालयले यस क्षेत्रको सँस्कृतीको विकासमा ठुलो भुमिका खेलेको बताए ।
सो क्रममा सामुदायिक सिकाई केन्द्रका सचिव दिनेश सिग्देल, कोषाध्यक्ष चेतकान्त भट्टराई ,कर्मचारी रिता शर्मा, समाजसेवी कोहलपुर ८ का बेलबहादुर बस्नेत, प्रधानध्यापक हस्तबहादुर खत्री र तिलकप्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो ।