नेपालगन्ज : चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले शनिबार आफ्नो दोस्रो वार्षिक उत्सव तथा सम्मान कार्यक्रम गरेको छ । उक्त कार्यक्रमामन बाँकेका दुई जनालाई सम्मान गरिएको छ । संघले वरिष्ठ निर्देशक कैलाश प्रवीण तथा चलचित्र पत्रकार ज्ञानुसंगम खड्कालाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई, चलचित्र पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष रामचन्द्र पौडेल, विशिष्ट अतिथी एवम् नेपाल पत्रकार महासंंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी लगातयले उनीहरुलाई दोसल्ला, ढाका टोपी, माला, नगदसहित अबिर लगाएर सम्मानित गरेका हुन् ।
चलचित्र पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष चौलागाई, महासंघ बाँके शाखाका अध्यक्ष भण्डारी, उपाध्यक्ष करुणा शाह, वरिष्ठ कलाकार श्यामानन्द सिंह, वरिष्ठ निर्देशक कैलास प्रवीण, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारीका अध्यक्ष दुर्गा रोकाय, क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी, बागेश्वरी सिनेमाजका प्रबन्धक सञ्जिव शाक्य लगायतले सम्बोधन गरेका थिए, भने संघका उपाध्यक्ष समीरमान श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । उक्त कार्यक्रम सञ्चालन संघका सह-सचिव लक्ष्मी तिमिल्सेनाले गरेकी थिइन् ।