नेपालगन्ज : उच्च अदालत बार एशोसियशन नयाँ नेतृत्व हाँक्न दुई 'चित्रबहादुर' बीच प्रतिस्पर्धा भइरहेको छ । नयाँ नेतृत्वका लागि शनिबार मतदान गराइएको छ । नेतृत्वका लागि ‘बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुह’का तर्फबाट अधिवक्ता चित्रबहादुर शाही र ‘स्वतन्त्र, समावेशी, प्रगतिशिल, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समुहका तर्फबाट अधिवक्ता चित्रबहादुर केसी मैदानमा छन् ।
बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुहमा नेपाली काँग्रेस निकट डिएलए, एमाले निकट पिपिएलए, माओवादी केन्द्र सम्वद्ध आरपिएलए लगायत संगठनहरु आवद्ध छन् ।
‘स्वतन्त्र, समावेशी, प्रगतिशिल, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समुहमा जनता समाजवादी पार्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत अन्य पार्टी निकट एवम् स्वतन्त्र कानुन ब्यवसायी आवद्ध रहेको बताइएको छ ।
बारमा आवद्ध २ सय १४ जना मतदाताले दुई मध्ये एक जना चित्रबहादुरलाई नेतृत्वका लागि अनुमोदन गर्नेछन् । बार एशोसियशनमा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न लागिएको हो । बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुहका तर्फबाट अध्यक्ष पदमा अधिवक्ता चित्रबहादुर शाही र ‘स्वतन्त्र, समावेशी, प्रगतिशिल, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समुहबाट अध्यक्षमा अधिवक्ता चित्रबहादुर केसी प्रतिस्पर्धामा छन् ।
शाहीको समुहबाट उपाध्यक्ष पदमा तिर्थराज ज्ञवाली, सचिवमा गणेशप्रसाद शर्मा तथा सदस्यहरुमा सतिशचन्द्र थारु, रिजवान अहमद मिर्जा, जयराम थारु, बिरेन्द्रकुमार बस्नेत, हरिशचन्द्र सिजापति, जयराम जैसी, पूर्णप्रसाद ढकाल र हिराबहादुर श्रेष्ठले पनि प्रतिस्पर्धा गर्दैछन् ।
उक्त समुहबाट कोषाध्यक्ष पदको उम्मेदवार रहेका हरि सुवेदी र शान्ता पोखरेल सदस्य (महिला) भने यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् । केसीको समुहबाट भने उपाध्यक्ष पदमा अधिवक्ता ओमप्रसाद मानन्धर, सचिवमा कुम्भराज मिश्र र सदस्यमा रामसुन्दर बाहुन प्रतिस्पर्धामा उत्रिएका छन् ।
दुई चित्रबहादुर बीचको प्रतिस्पर्धा निकै रोचक देखिएको कानुन ब्यवसायी बताउँछन् । ‘संयोग नै मान्नुपर्छ बारको नयाँ नेतृत्वका लागि दुई जना अधिवक्ता ‘चित्रबहादुर’ बीच प्रतिस्पर्धा भइरहेको छ, यो प्रतिस्पर्धा रोचक देखिएको छ, दुई मध्ये एकलाई हामीले नेतृत्वमा पुर्याउनु नै छ,’ एक कानुन ब्यवसायीले भने । उम्मेदवार केसी बारका वर्तमान उपाध्यक्ष हुन्, भने शाही बारका पुर्वसचिव हुन् ।
सम्बन्धित समाचार पढ्नुस् :
उच्च अदालत बार एशोसियशनको नयाँ नेतृत्व चयन गर्न मतदान सुरु
‘स्वतन्त्र, समावेशी, प्रगतिशिल, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी समुह’ मैदानमा
‘बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुह’ को तयारी पुरा