बाँके(डुडुवा) : डुडुवा गाउँपालिकाले नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार बसेको १४ औँ गाउँसभाले ४८ करोड ८४ लाख ३४ हजारको प्रस्तावित बजेट पनि सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका २१ बुँदे महत्वपूर्ण निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
डुडुवा–४ शाहपूर्वामा गाउँपालिका स्तरीय १५ शैयाको अस्पताल निर्माण, गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि बेतहनी स्वास्थ्य चौकीमा चिकित्सक सहितको जेष्ठ नागरिक अस्पताल सञ्चालन, बाल उद्यानको स्थापना लगायत पूर्वाधार निर्माण गर्ने नीति लिइएको छ ।
प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद गुरुङले सञ्चालन गरेको उक्त सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाअध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।