नेपालगन्ज : रोटरी क्लब अफ सेन्ट्रल बाँकेले तेस्रो पद हस्तान्तरण कार्यक्रम गरेको छ । नेपालगन्जमा शुक्रबार रोटरी बर्ष २०२२/२३ का अध्यक्ष रो. विश्वराम भण्डारीले रोटरी बर्ष २०२२/२३ का अध्यक्ष किशोरकृष्ण भण्डारीलाई पदभार हस्तान्तरण गरेका हुन् ।
क्लबको यस बर्षको उपाध्यक्षमा पंकज श्रेष्ठ, प्रेसिडेन्ट इलेक्टमा डा. प्रचण्ड गौतम, प्रेसिडेन्ट नोमिनीमा टेकबहादुर पुन, सचिवमा बसन्त थापा, कोषाध्यक्षमा ईश्वरी जंग मल्ल, प्रशासन प्रमुखमा गंगाराम चौलागाई, टि.आर.एफमा डा. नबिन बुढाथोकी, सर्भिस प्रोजेक्टमा बिमल कार्की, सदस्यतातर्फ मिनबहादुर मल्ल, पब्लिक इमेज प्रमुखमा बिधान न्यौपाने र सर्जेन्ट एट आर्मसमा सन्तोष श्रेष्ठ रहेका छन् ।
अध्यक्ष भण्डारीले २०२३/२४ का सम्पूर्ण बोर्ड सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । अध्यक्ष भण्डारीले आफ्नो एक वर्षे कार्यकालमा गरेका महत्वपूर्ण कामका बारेमा जानकारी गराउँदै एक वर्षको अवधिमा रोटरीले बृहत आँखा शिविर सञ्चालन, बाल मन्दिर स्कुललाई आवश्यक सामग्री प्रदान लगायतका कामहरु सम्पन्न गरेको जानकारी दिए ।
यस्तै बैजनाथ स्थित समावेशी माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय परियोजना सुरु भएको जानकारी दिएका छन् । भण्डारीले पद हस्तान्तरण गर्दै नयाँ अध्यक्षलाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना समेत दिए ।
एसिस्टेन्ट गभर्नर रो. हिराबहादुर शाहले भर्चुअल सम्बोधन गर्दै समुदायमा रोटरीको उपस्थिति र भुमिका अतुलनिय रहेको बताए । रोटरी क्लब अफ सेन्ट्रल बाँकेको वर्तमान नेतृत्वलाई बिगतका योजनाहरुलाई निरन्तरता दिदैं अघि बढ्न आग्रह गरे ।
पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले आगामी कार्ययोजनाको बारेमा जानकारी गराउँदै अबको एक वर्षभित्र बृक्षरोपण, कर तथा लेखा सम्बन्धी तालिम सञ्चालन गर्ने, स्वास्थ्य शिविर, बैजनाथमा आँखा शिविर सेन्टर लगायतका काम गर्ने योजना अघि सारेका छन् । उक्त कार्यक्रममा क्लबका चार्टर प्रेसिडेण्ट डा. कुमार शान शाहले सम्पुर्ण रोटरीएनहरुलाई शुभकामना दिएका थिए ।