नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौं २ गते हुन लागेको निर्वाचनका लागि समावेशी प्यानलले आफ्नो उम्मेदवार घोषणा गरेको छ । उक्त प्यानलले टंकबहादुर धामीको नेतृत्वमा प्यानल घोषणा गरेको हो ।
नेपालगन्जमा बिहीबार एक भब्य समारोहका बीच प्यानल घोषणा गरिएको थियो । उक्त प्यानलले अध्यक्षमा टंकबहादुर धामी, चिरञ्जीवी ओली उपाध्यक्ष (उद्योग) हरिलाल न्यौपाने उपाध्यक्ष (वाणिज्य) मन्दिरा पाण्डे उपाध्यक्ष (महिला) उम्मेदवार घोषणा गरेको छ ।
यस्तै भीमबहादुर रानाभाट महासचिव, मदनराज शर्मा उप-महासचिव, सलाउद्दिन जसगढ कोषाध्यक्ष तथा सदस्यहरुमा इन्दिरा कुमारी शाही, तोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर बिके, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, टीकामणि उपाध्याय, डम्बर चन्द, जमालुदिन अन्सारी, कमल कार्की (एशोसियट), राजीव तलङ्गा सदस्य (एशोसियट), फणाधर भण्डारी सदस्य (वस्तुगत) रंगबहादुर खड्का सदस्य (वस्तुगत) को नाम घोषणा गरियो ।
निर्वाचन परिचालन समितिका संयोजक ईश्वरप्रसाद पोखरेलको अध्यक्षता आयोजित कार्यक्रम सञ्चालन सचिवालय संयोजक बसन्त लामिछानेले गरेका थिए । सो क्रममा प्रमुख अतिथी एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, विशेष अतिथीद्वय समावेशी प्यानलका संरक्षक पार्वता आचार्य र संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले समावेशी प्यानलको उम्मेदवारलाई माला, टीका र खादा लगाएका थिए ।