नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौं २ गते हुन लागेको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुह र समावेशी प्यानलले शुक्रबार छुट्टा-छुट्टै समयमा मनोनयन दर्ता गरेका छन । साझा प्यानलका तर्फबाट अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियारले बिहान ११ बजेर १५ मिनेटमा मनोनयन दर्ता गरेका हुन ।
त्यसपछि उक्त प्यानलका अन्य उम्मेदवारहरु उपाध्यक्ष पदका विश्णुप्रसाद श्रेष्ठ (वाणिज्य), मोहम्मद सफिक बेहना(उद्योग) र करिश्मा योगी(महिला), महासचिवका टंकप्रसाद शर्मा, उप-महासचिव पदका टेकबहादुर खड्का र कोषाध्यक्षका उम्मेदवार मख्खनबहादुर धामीले दर्ता गराएका छन ।
त्यसैगरी संघको सदस्य पदका उम्मेदवार सुनिल भण्डारी, शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, सन्तोषकुमार पौडेल, युवराज ढकाल, प्रमोदकुमार अग्रबाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता,बलबहादुर बिष्ट, एशोसियट सदस्य प्रदीपकुमार गुप्ता र पुरुषाेतम अग्रवाल लगायतले पनि दर्ता गराएका छन । यस्तै बस्तुगत(सम्बद्ध तर्फ) मा हिमनाथ पौडेल र विनय श्रेष्ठले पनि उम्मेदवारी दिएका छन ।
यसैगरी समावेशी प्यानलका तर्फबाट टंकबहादुर धामी, चिरञ्जीवी ओली उपाध्यक्ष (उद्योग), हरिलाल न्यौपाने उपाध्यक्ष (वाणिज्य), मन्दिरा पाण्डे उपाध्यक्ष (महिला), भिम रानाभाट महासचिव, मदनराज शर्मा उप-महासचिव, सलाउद्दिन जसगढ कोषाध्यक्ष तथा सदस्यका उम्मेदवार इन्दिरा कुमारी शाही, तोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर बिके, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, टीकामणि उपाध्याय, डम्बर चन्द, जमालुदिन अन्सारी, कमल कार्की (एशोसियट), राजीव तलङ्गा सदस्य (एशोसियट), फणाधर भण्डारी सदस्य (वस्तुगत) रंगबहादुर खड्का सदस्य (वस्तुगत) लगायतले दिउँसो पुगेर मनोनयन दर्ता गरेको सचिवालयले जनाएको छ ।