नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि कार्यसमिति पदाधिकारी चयन गर्न शनिबार मतदान चलिरहेको छ । नेपालगन्ज रंगशालामा शनिबार बिहान सवा ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ५ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ ।
उक्त निर्वाचनमा दुई समुहबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका तर्फबाट ललितकुमार रौनियार र समावेशी समुहबाट टंकबहादुर धामीले प्रतिस्पर्धा गरिरहेका छन् । समावेशी समुहका तर्फबाट चिरञ्जीवी ओली उपाध्यक्ष (उद्योग), हरिलाल न्यौपाने उपाध्यक्ष (वाणिज्य), मन्दिरा पाण्डे उपाध्यक्ष (महिला), भीमबहादुर रानाभाट महासचिव, मदनराज शर्मा उप-महासचिव, सलाउद्दिन जसगढ कोषाध्यक्षको उम्मेदवार रहेका छन् ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहबाट उपाध्यक्ष (बाणिज्य) मा विष्णु प्रसाद श्रेष्ठ, उपाध्यक्ष (उद्योग) मा मोहम्मद सफिक बेहना, उपाध्यक्ष (महिला) मा करिष्मा योगी, महासचिवमा टंकप्रसाद शर्मा, उप-महासचिवमा टेकबहादुर खड्का र कोषाध्क्षमा मख्खन बहादुर धामीले प्रतिस्पर्धामा गरिरहेका छन् । उपाध्यक्ष (उद्योग) मा स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार जोशीले पनि प्रतिस्पर्धा गरिरहेका छन् ।
यस्तै सदस्यमा समावेशी समुहबाट सदस्यहरुमा इन्दिरा कुमारी शाही, तोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर बिके, सुदन केसी, शिवराज कुर्मी, धर्मेन्द्र ठटेर, टीकामणि उपाध्याय, डम्बरबहादुर चन्द, जमालुद्दीन अन्सारी, सञ्जयकुमार अग्रवाल सदस्य (एशोसिएट), कमल कुमार कार्की सदस्य (एशोसिएट) र फणाधर भण्डारी सदस्य, सम्बद्ध (वस्तुगततर्फ) उम्मेदवार रहेका छन् ।
यसैगरी साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका तर्फबाट सदस्यहरुमा शिवप्रसाद दाहाल, अतुलकुमार गुप्ता, बिवेक कुमार श्रेष्ठ, सन्तोष कुमार पौडेल, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोदकुमार अग्रवाल, कैफुल वरा जोलाहा, सुनिल भण्डारी, बलबहादुर बिष्ट (बबी), प्रदीकुमार गुप्ता सदस्य (एशोसिएट), पुरुषोतम अग्रवाल सदस्य (एशोसिएट), हिमनाथ पौडेल सदस्य, सम्बद्ध (वस्तुगततर्फ) र विनय श्रेष्ठ सदस्य, सम्बद्ध (वस्तुगततर्फ) ले प्रतिस्पर्धा गरिरहेका छन् ।