नेपालगन्ज : 'व्यूटीसियन मिस तीज-२०८०' को उपाधी अनशा चन्दले प्राप्त गरेकी छन् । हरितालिका तीजको अवसरमा गुड न्यू आइटीसी समूहले नेपालगन्जमा आयोजना गरेको सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा उनले उपाधी हात पारेकी हुन् ।
प्रतियोगितामा फस्ट रनर अपमा रक्षा सुनार, सेकेण्ड रनर अपमा बन्दना खड्का भएकी छन् । प्रतियोगितामा १९ जना व्यूटीसियन सहभागी भएका थिए । यसमध्ये पब्लिक च्वाइस एवं उत्कृष्ट प्रस्तुतीका रुपमा अमृता रजगैयालाई चयन गरियो । न्यू लुक कम्पनी, न्यू पोखरा सुनचाँदी पसलको मुख्य प्रायोजन तथा प्लानेट बुटिकको सह-प्रायोजनमा सम्पन्न प्रतियोगितामा विभिन्न विधामा योगदान पुर्याउने विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
पत्रकारितामार्फत सौन्दर्यकला लगायत सामाजिक क्षेत्रमा योगदान पुर्याएवापत पत्रकारहरु शुक्रऋषि चौलागाई, करुणा शाह, सावित्री गिरी, शिक्षाविद् डा. जनार्दन आचार्य, प्लाष्टिक सर्जन डा. विनोद कर्ण, समाजसेवी लक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको थियो । सोही अवसरमा वरिष्ठ सौन्दर्यविद् राधा कुँवर, सोनिया श्रेष्ठ, उर्मिला अग्रवाल लगायतलाई सम्मान गरिएको थियो ।
यस्तै छोटो समयमा सौन्दर्यकला व्यवसायमा ख्याती कमाउन सफल र लामो समयदेखि सौन्दर्यकला व्यवसायमा संलग्न यसोदा खत्री, सर्मिला खत्री, विश्वपति सिंह थारु, निर्मला मल्ल, सुशीला टमट्टा, रेखा नेपाली, रमा शाही, टीका भट्राई, रेनुका गौतम, सुनिता आरसी, लक्ष्मी चौधरी, लक्ष्मी सापकोटा, समिक्षा सिलवाल, अनुराधा चौधरी, शशिकला चौधरी, सीता चौधरी, रेजिना रावल, लक्ष्मी चौधरी, सोनम केसी, सुमित्रा पाण्डे, उषा न्यौपाने, अप्सरा खरेल लगायत ३० जना सौन्दयकर्मीलाई पनि सम्मान गरिएको थियो ।
प्रदेश सांसद मिना श्रेष्ठले सम्मान पत्र प्रदान गर्दै कार्यक्रमले सँस्कृती संरक्षणसँगै महिलालाई आत्मबल र आत्मनिर्भरतातर्फ डोर्याएको बताइन् । प्रतियोगितामा सहभागी व्यूटीसियनले क्याट्वाक गर्नुका साथै तीजको पोशाकमा नृत्य प्रस्तुत गरेका थिए । आयोजक गुड न्यू आइटीसी सञ्चालक गीता भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ सौन्दर्यविद् सीता पाठक, गायक जय देवकोटा, शैलजा शाह, केपी घिमीरे, श्रृखला बस्नेत निर्णायक थिए ।