नेपालगन्ज : हरितालिका(तीज)को अवसरमा नेपाल प्रेस युनियन बाँकेले प्रदान गरेको लेखनवृत्तीमा पत्रकार रजनी योगी प्रथम भएकी छन । पहिलो स्थानसँगै उनले नगद ५ हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छन ।
यस्तै दितिय भएकी पत्रकार सरला सुवेदीले नगद ३ हजार सहित प्रमाणपत्र प्राप्त गरिन । यसैगरी पत्रकार सवित्री विश्वकर्माले लेखनवृत्तीमा तृतीय स्थान प्राप्त गरिन । उनले नगद २ हजारसहित प्रमाणपत्र पाइन ।
त्यस्तै सान्त्वना स्थान प्राप्त गरेकी शिवानी बिकले नगद १ हजारसहित प्रमाणपत्र पाइन । कार्यक्रमका प्रमुख अतिथी एवम प्रतिनिधि सभाकी सांसद आशा बिकले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरिन ।
नेपाल प्रेस युनियनकी पुर्बकेन्द्रीय सदस्य एवम पुर्बउपमेयर उमा थापामगरले पुरस्कृत हुनेको नाम घोषणा गरिन । सोही कार्यक्रममा युनियन बाँकेको तीज विशेष बुलेटिन (मासिक) विमोचन गरियो ।
लेखनवृत्तीका लागि प्राप्त भएका तीजपर्व सम्बन्धि लेखहरु उक्त बुलेटिनमा प्रकाशित गरिएको छ । जिल्ला समन्वय समिति बाँकेको हलमा युनियन बाँकेले बिहीबार आयोजना गरेको 'तीज विशेष महोत्सव र महिला पत्रकारहरुका लागि लेखनवृत्ति प्रतियोगिता-२०८०' कार्यक्रमको अध्यक्षता युनियनकी उपाध्यक्ष निशा शाहले गरेकी थिइन ।
कार्यक्रममा प्रमुख अतिथी बिकसँगै लुम्बिनी प्रदेशका सांसदहरु माया पुन, सन्जुकुमारी चौधरी, सुशीला नेपाली, काँग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णाकुमारी सापकोटा, युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्की, सचिव सुधान्सु कोइराला, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंंह थारु, युनियनकी केन्द्रीय सदस्य शोभा केसी, अवधी पत्रकार संघका केन्द्रीय अध्यक्ष राकेश मिश्र, युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईं, सदस्य मोहम्मद आरिफ अन्सारी, महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाह, युनियनका प्रदेश सदस्य गौरब गिरी, युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, निवर्तमान अध्यक्ष अर्जुन ओली, युनियनका निवर्तमान सचिव विजय मल्ल, संचारिका समूह बाँकेकी अध्यक्ष रुपनी जि.एम. संस्थापक अध्यक्ष अछरी पोख्रेल लगायत अतिथीको सहभागिता रहेको थियो । युनियन बाँकेका अध्यक्ष ढकालले स्वागत गरेको उक्त कार्यक्रम संचालन सह-सचिव माया अधिकारीले गरेकी थिइन ।