काठमाडौ : नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका बिभिन्न सेवामा कार्यरत द्दितिय तहका अधिकृतको सेवाकालिन तालिम ललितपुरस्थित प्रतिष्ठानको पृथ्वी हलमा शुक्रबार सम्पन्न भएको छ ।
ACMD-2, 2080 को Know Your Economy शीर्षकमा यार्षा समूहका प्रशिक्षार्थीले 'वित्तिय वितिरणका चार बर्षको अभ्यास' विषयक एक दिने सेमिनारमा सहभागिता जनाएका हुन ।
सेमिनारमा प्रस्तुत गरिएको कार्यपत्रमा नेपालले अंगिकार गरेको संघीय संरचना अन्तर्गत तीनै तहमा वित्तिय वितरण गरिएको बजेटको उपयोग खर्च वार्षिक ८० प्रतिशत भन्दा बढी हुन नसकेको अध्ययनले देखाएको छ ।
यसैगरी स्थानीय तहले उक्त रकम खर्च गर्न नसके संघको कोषमा फिर्ता नगरी आफ्नै कोषमा राख्ने गरेकाले उदेश्य अनुरुप विकास हुन सकिरहेको पाइएन । उक्त कार्यपत्रको प्रमुख उद्देश्य विनियोजित राजस्वको उचित उपयोग र राष्ट्रियकोषको नीतिगत सुधारका लागि सुझाब प्रस्तुत गर्नु रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि प्रतिष्ठानका बरिस्ठ निर्देशक त्रिलोचन पोखरेलले संघियता अहिलेपनि अभ्यासको क्रममा रहेकोले उचित बय्स्थापन गर्नमा जोड दिए | उनले ससर्त अनुदान राज्यको मुख्य सन्चालन खर्चमा रहेकोले यसलाई अझ बढी ब्यवस्थित बनाउनुका साथै राजस्व संकलन र बितरण स्थानीय र संघमा दोहोरो हुनु पर्नेमा जोड दिए ।
कार्यक्रमका विशेष अतिथी प्रतिष्ठानका अध्ययन निर्देशकद्दय डा. रघु विष्ट र अनिता पौडेलले आर्थिक विकासका बिभिन्न आयामहरुको कसीमा विकासखर्च र राजस्व संकलन लाई हेर्नुपर्ने बताए । उनले अध्ययनको दायरालाई अझ बढी फराकिलो बनाई बिभिन्न अन्तर्राष्ट्रिय अभ्यासहरुलाईसमेटेर लैजानु पर्नेमा जोड दिए ।
वित्तिय वितरणका चार बर्षमा बजेट विनियोजन संगै बेरुजु पनि उत्तिकै बढेकोले आर्थिक सुचंकाकमा सुधार गर्नु पर्ने देखिएको छ । तीनै तहमा आपसी समन्वयको आभाव र मनोबैज्ञनिक त्रासको बाताबरणले पनि समुचित खर्चको ब्यवस्थापन हुन सकेको छैन ।
उक्त सेमिनारको प्रस्तुतिकरण समुहको तर्फ बाटध्रुव प्रसाद पाण्डे र दिपक लामिछानेले गरेका थिए । सेमिनारमा टिप्पणीकर्ता सुदिना कुइकेलर, मनोज कुमार साहले रिपोर्टरको भूमिका निर्वाह गरेका थिए, भने कार्यक्रम संचालन विजयकुमार वर्माले गरेका थिए ।
कार्यक्रमका अध्यक्ष सागर प्रसाईले प्रमुख अतिथि, विशेष अतिथि, ACMD-2 कार्यक्रमका संयोजक गोबिन्द भण्डारी, सेमिनार सहजकर्ता शितल मोक्तान, टिप्पणीकार दानबहादुर थापा लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरेका थिए । उक्त तालिममा बिभिन्न सरकारी तथा सार्वजनिक निकायका चौबिस जना प्रशिक्षार्थीको सहभगिता रहेको छ ।