नेपालगन्ज : संविधान दिवसको अवसरमा नेपाल प्रेस युनियन बाँके शाखाले संविधान कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी एवम् संविधान सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले संविधानमा यति छिटै यति धेरै जटिलता आउँला भन्ने आफुलाई नलागेको बताए ।
‘संविधान जारी गर्दा देखि नै असहमति जनाउने र बहिष्कार गर्ने पक्ष थिए त्यहीं देखि नै कार्यान्वयनको पाटो पछि परेको देखिन्छ,’ उनले भने ‘संविधान कार्यान्वयनका लागि स्थानीय तहलाई सबैभन्दा धेरै जिम्मेवारी दिइएको थियो, आज पनि नेताहरु संविधान कार्यान्वयन गर्न भन्दा पनि सत्तामै जानका लागि दौडिरहेका छन् ।’
उक्त कार्यक्रममा विशिष्ट अतिथी डा.जनार्दन शर्मा आचार्य, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, तुलसीपुर उच्च अदालत नेपालगन्ज बारका अध्यक्ष चित्रबहादुर शाही, महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक रुद्र प्रसाद तिमिल्सेना, अधिवक्ता विश्वजित तिवारी, वरिष्ठ पत्रकार शिव डोटेल, डा. विनोद कर्ण, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य डक्टप्रसाद धिताल, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, क्रियाशिल पत्रकार महिला बाँकेकी अध्यक्ष सावित्री गिरीलगायतले संविधान जारी भएको दशक वित्दा पनि संविधानलाई बुझाउन नसकिएको बताए । कार्यक्रम सञ्चालन युनियन बाँकेका सचिव भिष्म लोधले गरेका थिए ।