नेपालगन्ज : राष्ट्रिय सभाका सदस्य युवराज शर्माले संविधान कार्यान्वयनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् । दूरसञ्चार मिडिया नेटवर्क प्रा.लि.द्धारा सञ्चालित अनलाईन समाचार पोर्टल दुरसञ्चार डटकमले दोस्रो वर्ष पुरा गरेको अवसरमा बुधबार शुभकामना दिदै शर्माले यस्तो बताएका हुन् ।
‘दूरसञ्चार डटकमले आफ्नो दुई वर्षे कार्यकाल पुरा गरेको मेरो शुभकामना पनि छ, यसले उत्तरोत्तर प्रगति गरोस्, साथै सामाजिक विकृति, साँस्कृतिक, राजनीतिक विकृतीसँग संघर्ष गरेर अगाडी बढोस्,’ शर्माले भने । जनताको अधिकारको पक्षमा उत्प्रेरित, उपेक्षित, दलित, सिमान्तकृतको आवाज बनेर मिडिया नेटवर्क अगाडी बढ्नुपर्ने उनले सुझाव दिए ।
भिडियो हेर्नुस् :
मिडियाले जनताको अधिकारको पक्षमा वकालत गर्नुपर्ने बताए । दूरसञ्चारले डटकमले अभुतपुर्व सफलता प्राप्त गरोस् भन्दै शर्माले शुभकामना पनि ब्यक्त गरे । दूरसञ्चार डटकमले दुई वर्ष पुरा गरेको अवसरमा बुधबार बेलुका केक समेत काटेर उत्सव मनाइएको थियो ।
सो क्रममा राष्ट्रिय सभाका सदस्य शर्मासहित वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, दूरसञ्चार डटकमका प्रधान सम्पादक मेघराज ओली, दूरसञ्चार मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष अर्जुन ओली, नेपाल प्रेस युनियन बाँकेका निर्वतमान सचिव विजय मल्लको पनि उपस्थिती रहेको थियो ।
यो पनि पढ्नुस् :
सफलताको दुई वर्ष