नेपालगन्ज : बाँकेको कोहलपुरमा सौन्र्दय प्रतियोगिता हुने भएको छ । युवा लक्षित ब्यक्तित्व विकास गर्न, मोडलिङ्ग र ब्यूटि प्रजेन्ट गर्न लागिएको हो । प्रतियोगिताका सम्बन्धमा जानकारी दिन आयोजक शारदा इभेन्ट नेपालले शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
दुई चरणमा हुने अडिसनद्वारा प्रतिस्प्रर्धी छनोट गरिनेछ । पहिलो चरणको अडिसन भोली शनिबार विहान ११ बजेदेखि कोहलपुर दशविगाह स्थित अतिथी होटलमा गरिदैछ, भने दोस्रो चरणको अडिसन आगामी असोज १३ गते गरिनेछ ।
‘उत्खनन प्रतिभाको, पहिचान कलाको’ भन्ने मुल नाराका साथ हुन लागेको मिस्टर एण्ड मिस कोहलपुर सौन्दर्य प्रतियोगिता सिजन टूका विजेतालाई आर्कषक नगद पुरुस्कार तथा शैक्षिक छात्रवृत्ति समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
विजेताले नगद एक लाख र २ लाखको शैक्षिक छात्रवृत्ति प्राप्त गर्ने शारदा इभेन्ट नेपालका संस्थापक तथा सिइओ रोनिसराज गौतमले पत्रकार सम्मेलनमार्फत जानकारी गराए । उनका अनुसार प्रतियोगितामा ‘मिस र मिस्टर कोहलपुर-२०८०’ विजेताले २५/२५ हजार नगद, फस्ट रनअरले १५/१५ हजार र सेकण्ड रनअरले १०/१० हजार नगद तथा अन्य उपहार प्राप्त गर्नेछन् ।
यस्तै ‘मिस र मिस्टर कोहलपुर-२०८०’ विजेताले शैक्षिक छात्रवृत्ति अन्र्तगत ५०/५० हजार, फस्ट रनअरले ३०/३० हजार र सेकण्ड रनअरले २०/२० हजारको शैक्षिक छात्रवृत्ति प्राप्त गर्नेछन् । उक्त छात्रवृत्ति स्वदेश तथा विदेशका लागि समेत प्रदान गरिने र विजयी भएकाले यो सुविधा ५ वर्षभित्र लिइसक्नुपर्ने व्यवस्था गरिएको शारदा इभेन्ट नेपालका फाउण्डर तथा सिइओ गौतमले जानकारी दिए ।
पश्चिम नेपालको सबभन्दा ठूलो धनरासी र अवसर भएको सौन्दर्य प्रतियोगितामा सहभागि हुन आग्रह गर्दै उनले भने, ‘कोहलपुर क्षेत्रमा कम्तिमा ३ वर्ष बसोबास गरेको १५ वर्षदेखि २५ वर्षसम्मका किशोरकिशोरीले सहभागिता जनाउन सक्नेछन् ।’
प्रतियोगिताको रजिष्ट्रेशनका लागि एक हजार रुपैयाँ तय गरिएको उनले बताए । यस्तै छनोट भएका प्रतिस्प्रधिले १२ हजार बुझाउनु पर्नेछ । उक्त रकमबाट ५ हजारको प्रतिब्यक्तिलाई पोशाक प्रदान गर्नुका साथै २० दिनको प्रशिक्षण प्रदान गरिनेछ । प्रशिक्षणका दौरान कोहलपुर क्षेत्रलाई चिनाउन, कोहलपुर क्षेत्रको संस्कृति, पहिचान लगायतको विषयमा प्रशिक्षण दिइनेछ ।
प्रतियोगितालाई सभ्य, भब्य र निष्पक्ष बनाउन आयोजकले कुनै कसर बाँकी नराख्ने बताइएको छ । कोहलपुर क्षेत्रको पहिचानलाई स्थापित गराउन र चिनाउन उद्देश्य बोकेर सौन्दर्य प्रतिोगिता गरिन लागेको हो । उक्त पत्रकार सम्मेलनमा सहभागि मिस एण्ड मिस्टर कोहलपुर सिजन वानका विजेता मिस कोहलपुर करिश्मा चन्दले निर्धक्क प्रतियोगितामा सहभागिता जनाउन सबैलाई आग्रह गरिन् । उनले भनिन्, ‘सौन्दर्य प्रतियोगितालाई समाजमा गलत ढंगबाट ब्याख्या गरिएकोछ । यसको छुट्टै महत्व छ ।’
आफू सान्र्दय प्रतियोगितामा सहभागि भई विजयी भएको क्षणलाई स्मरण गर्दै उनले अगाडी थपिन्, ‘मेरो ब्यक्तित्व विकास भयो । मेरो कार्यकुशलता र क्षमता बृद्धि गर्न मद्दत भयो । यसले मेरो छुट्टै पहिचान दियो । यहाँ अवसर नै अवसर छ त्यसैले यस्ता प्रतियोगिता निरन्तर हुनुपर्छ ।’
प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोहलपुर र नेपालगन्जका दुई दर्जन पत्रकारसहित आयोजक शारदा इभेन्ट नेपालका म्यानेजिङ क्रुका भुपेन्द्र पौडेल, रमेश चापागाई र हिमानी सिहं ठकुरी लगायतको उपस्थिती रहेको थियो ।