नेपालगन्ज : नेपाली काँग्रेस बाँकेले नेता, कार्यकर्तालाई प्रशिक्षण दिन सुरु गरेको छ । पालिका तथा वडा सभापतिहरुलाई दक्ष र थप जागरुक बनाउन शनिबार एक दिने प्रशिक्षण दिएको हो ।
नेपाली काँग्रेस बाँके प्रशिक्षण विभागद्धारा आयोजित उक्त प्रशिक्षणमा जिल्लाका ८ वटै स्थानीय तहका सभापति, ८१ वटै वडाका सभापतिलाई प्रशिक्षण दिइएको प्रशिक्षण विभागकी सचिव उमा थापामगरले जानकारी दिइन् ।
प्रशिक्षण कार्यक्रमको नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । उनले कार्यकर्ताहरुको बैचारिक धार चम्काउनका लागि पार्टी प्रशिक्षण आवश्यक भएको बताए ।
काँग्रेस बाँकेका उपसभापति एवम् जिल्ला प्रशिक्षण विभाग प्रमुख गोपालप्रसाद अधिकारीले दक्ष कार्यकर्ता र जागरुकता प्रदान गर्न प्रशिक्षण आवश्यक भएको बताए । सो क्रममा जिल्ला सभापति नारायणप्रसाद गौडेल लगायत नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक तीर्थ पौडेल, प्रशिक्षण विभागका प्रमुख भुवनप्रसाद श्रेष्ठ, बरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, नेपाल तरुण दलका पुर्वमहासचिव हुर्मत न्यौपाने, प्रशिक्षण विभाग बाँकेका उपसंयोजक अशोक बस्नेत, काँग्रेस बाँकेका पुर्बसचिवद्व्य तप्त पौडेल र कपिलदेव शर्मा, प्रशिक्षण विभागका सचिव उमा थापामगर, काँग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी र पत्रकार राकेश मिश्रले सहजीकरण गरेका थिए ।