नेपालगन्ज : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य मैकुलाल बाल्मिकीले मुलुकमा उत्पन्न समस्या र मुद्दाका विषयमा पार्टीको नीति अधिवेशनमा छलफल गरिने बताएका छन् ।
विजया दशमी, शुभ दिपावली, छठ, नेपाल सम्वत र गुरु नानक जयन्तीको अवसरमा नेपालगन्जमा बिहीबार आयोजना गरिएको शुभकामनामा आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । मुलुकको आर्थिक संकट, अबको शिक्षा नीति, आर्थिक नीति, युवाको समस्या र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले नेपाली कांग्रेसले पार्टीको नीति अधिवेशनमा छलफल हुने प्रष्ट्याए ।
अर्को प्रसंगमा उनले सिक्टा सिंचाई आयोजना बाँके जिल्लाको लागि वरदान साबित हुने बताउँदै व्यवस्थापकीय कमजोरीका कारण समयमै आयोजना सम्पन्न हुन नसकेको बताए । सिक्टाबारे सबै तहका नेता तथा जनप्रतिनिधिले ध्यान दिनुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य वाल्मिकीले आयोजना गरेको उक्त कार्यक्रमको ब्यवस्थापन नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ ले गरेको हो ।
क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी वाल्मिकी, जिल्ला सभापति नारायणप्रसाद गौडेल, काँग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा चौधरी, पार्टीका पुर्वजिल्ला सभापति कृष्णमान श्रेष्ठ, जिल्ला सचिव सुधान्सु कोइराला, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीका जिल्ला, क्षेत्र, नगरका विभिन्न तहका नेता तथा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।