नेपालगन्ज : जाजरकोट र रुकुम(पश्चिम) मा गएको विनाशकारी भूकम्पका कारण भएको धनजनको क्षतिपछि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ‘एन’ ले राहत हस्तान्तरण गरेको छ । लायन्स क्लबले डिष्ट्रिक गभर्नर मुकुट ढकालको नेतृत्वमा र सुर्खेत जिल्लाबाट डिष्ट्रिक एकज्यूटिभ चिफ टिकाराम चपाईको नेतृत्वमा १७ लाख बराबरको आपतकालिन राहत हस्तान्तरण गरेको हो ।
जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ को चिउरी बस्ती, भेरी नगरपालिका वडा नम्बर १ को राउत गाउँ, पिपे, रिम्रा र कोल्चौरमा ५ सय जनालाई त्रिपाल, बल्यांकेट, चामल, म्याट, खाने तेल, दाल, पिठो, नुन, पु्रmुटी, चिउरा, भुजा, बिष्कुट, पिफम, टोपी, जुत्ता, चप्पल, औषधी, वितरण गरिएको डिष्ट्रिक गभर्नर मुकुट ढकालले जानकारी दिए ।
भिडियो हेर्नुस् :
उनका अनुसार कात्तिक २१ गते डिष्ट्रिक ३२५ ‘के’ को टिम जाजरकोटस्थित नलगाड नगरपालिका वडा नम्बर ३ मा १ सय २५ जनाको लागि त्रिपाल र बल्यांकेट लिएर प्रस्थान गरेको छ । यसैगरी बुधबार पनि डिष्ट्रिक ३२५ ‘एम’ बाट स्याङजाको टिम रुकुम(पश्चिम) को आठविसकोट नगरपालिका क्षेत्रमा १ सय परिवारको लागि आवश्यक सामाग्री लिएर अगाडी बढेको छ ।
नेपाल सरकारको एकद्धार प्रणाली झै समग्र नेपाल भरीका लायन्सहरुको सहयोगलाई एकितृत गरी डिष्ट्रिक ३२५ ‘एन’ को नेतृत्वमा वितरण गर्ने योजना रहेको नेपालगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
१५ वटा ‘डिष्ट्रिकबाट करिव ३५ लाख र लायन्स अन्तराष्ट्रियको तर्फबाट ५० हजार डलर गरी झण्डै १ करोड बराबरको आवश्यक सामाग्रीहरु सहयोग गर्ने प्रतिवद्धता अनुसार दोस्रो चरणको राहत सामाग्री वितरणको प्रक्रियामा छौं,’ ढकालले भने ।
दोस्रो चरणको राहतलाई प्याकेज बनाएर कम्तीमा एक परिवारलाई एक महिनासम्म पुग्ने आवश्यक सम्पूर्ण राहत सामाग्री वितरण गर्ने रणनीतिमा रहेको बताए । दोस्रो चरणमा भूकम्पका कारण ध्वस्त भएका घरहरुको पहिचान गरेर त्यस्ता घर परिवारको लागि सहयोग गर्ने, भूकम्पका कारण मृत्यु भएका परिवारलाई पहिचान गरी मृतक परिवारको घर परिवारलाई आवश्यक सहयो गर्ने, भूकम्प पीडित भर्गवती, सुत्केरी महिलाहरुलाई आवश्यक सहयोग गर्ने र भूकम्पका कारण अभिभावक गुमाएका बालबालिकाको पहिचान गरी सहयोग गर्ने लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ‘एन’ ले जनाएको छ ।
नेपाल सरकारसँग सहकार्य र समन्वय गरेर तेस्रो चरणमा पुनःनिर्माणका लागि दिर्घकालिन योजना बनाई कार्यान्वयन गर्ने बताइएको छ । पत्रकार सम्मेलनमा पुर्व गर्भनर सेम शाक्य, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ‘एन’ का पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।