कोहलपुर : त्रिभुवन आर्मी क्लबले ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप-२०८०’ को उपाधि हात पारेको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित तेह्र विघा मैदानमा बुधबार सम्पन्न भएको फाइनल खेलमा चर्च व्वाईज क्लबलाई २ शुन्य गोलले हराउँदै आर्मीले उपाधि जितेको हो ।
उपाधि जितेसँगै आर्मीले नगद ८ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको चर्च व्वाईजले नगद ४ लाखमा चित्त बुझायो । त्रिभुवन आर्मीका खेलाडी सराज श्रेष्ठले खेल सुरु भएको ३२ औं मिनेटमा पहिलो गोल गरेर खाता खोलेका थिए । दोस्रो हाफको ७६ औं मिनेटमा आर्मीकै मानबहादुर आलेमगरले गोल गरेर टिमलाई जित दिलाए । त्रिभुवन आर्मीका खेलाडी मानबहादुर आले म्यान अफ द म्याज घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताकम उत्कृष्ट डिफिरेन्सरमा आर्मीका युद्ध शाही, उत्कृष्ट मिड फिल्ड बिशाल बस्नेत, उत्कृष्ट प्रशिक्षक आर्दशबहादुर मल्ल, उत्कष्ट टिम गोर्खा व्वाईज, रेसिङ साहारा क्लबका खेलाडी सन्देश न्यौपानेलाई प्रतिब्यक्ती १० हजार रुपैयाँसहित सम्मान गरियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टंक बस्नेतलाई नगद ५० हजार रुपैयाँ प्रदान गरियो ।
कोहलपुर रेसिङ साहारा क्लबका कप्तान हरि कठायतले फुटबल खेलबाट सन्यास लिएका छन् । आयोजकले उनलाई स्कुटर उपलब्ध प्रदान गरेको छ । समापन कार्यक्रमका प्रमुख अतिथी एवम् कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले प्रतियोगिताका विजेता र उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
मेयर आचार्यले कोहलपुर गोल्ड कपलाई संस्थागत बनाउन केन्द्रिदेखि स्थानीय सरकार लाग्ने प्रतिवद्धता जनाए । ‘कोहलपुर नगरपालिकाले पहिलो गोल्ड कपमा १० लाख उपलब्ध गराएको थियो,’ उनले भने, ‘दोस्रो गोल्ड कपमा २० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।’
अझै थप व्यवस्थित गर्दै संस्थागत विकास गर्ने पक्षमा नगरपालिका रहेको नगर प्रमुख आचार्यले बताए ।रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले प्रतियोगिता अवधिभर यहाँहरुले गर्नुभएको सहयोगीमनहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अझै व्यवस्थित रुपमा सञ्चालन गर्न बाँके बासीलाई अनुरोध गरे ।
गोल्ड कप समापन कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, समाजसेवी चिन्तामणी धिताल, लगायतको सहभागिता रहेको थियो । कोहलपुर रेसिङ साहारा क्लबले यही कात्तिक १५ गतेदेखी गोल्डकपको दोस्रो संस्करण सञ्चालनमा ल्याएको थियो ।