काठमाडौं : काठमाडौमा चलिरहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृती र नागरिक बचाउ महाअभियान’ अन्तरगत नागरिक मुक्ती आन्दोलनलमा बाँकेको नेतृत्व गरिरहेका संयोजक तेजनारायण कँडेललाई प्रहरीले गिरफ्तार गरेको छ ।
मेडिकल ब्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा चलिरहेको उक्त आन्दोलनमा जिल्ला संयोजक कँडेलसहित बाँके जिल्लाबाट थुप्रै ब्यक्ती सहभागी हुन काठमाडौं पुगेका छन् । आन्दोलनमा सहभागी भइरहेका बेला केहीबेर अघि काठमाडौंको तीनकुने क्षेत्रबाट उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । कँडेलसहित करिव ३५ जनालाई तीनकुने क्षेत्रबाट प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।
महाअभियानका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला संयोजक कँडेलले आफुहरुलाई अहिले तीनकुने प्रहरीमा राखेको र सिंहदरबार प्रहरी कार्यालयमा लैजाने तयारी गरिरहेको बताए । आफुहरु गिरफ्तार परेपनि आन्दोलन नरोकिने उनले चेतावनी दिएका छन् ।
‘हामी ब्यवस्था परिवर्तनका लागि आन्दोलनमा छौं, प्रहरीले गिरफ्तार गरेपनि केही फरक पर्दैन,’ उनले भने । गणतन्त्रमा राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृती र नागरिकहरु संकटमा परेकाले आन्दोलन गर्नु परेको बताए ।
सम्बन्धित समाचार पढ्नुस् :
धमाधम पक्राउ पर्न थाले आन्दोलनकारी
'तीनकुनेमा आज प्रर्दशन गरेरै छाड्छौं' : दुर्गा प्रसाई
काठमाडौं प्रशासनले प्रसाई समूहलाई तीनकुनेमा प्रर्दशन गर्न नदिने
दुर्गा प्रसाईँ नेतृत्वको प्रदर्शन आज तीनकुनेमा