नेपालगन्ज : नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति बाँके मंगलबार गठन गरिएको छ । सुटिङका स्वर्ण पदक खेलाडी बद्दरुद्दिन अन्सारीको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो ।
नेपाली काँग्रेस निकट संघको उपाध्यक्षमा अरुण बिक्रम शाह, सचिव प्रकाश लामिछाने, सहसचिवमा रन्जितसिंह सिजापति र कोषाध्यक्षमा कमला जैसी रहेका छन् । यसैगरी सदस्यहरुमा चक्र क्षेत्री, नवराज रावल, विशाल कर्माचार्य, राहुल गुप्ता, निर्मल चन्द, ओमजंग शाही, चन्द्र राना र मोहम्मद जावेद हल्वाई रहेका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष नरेन्द्र थापाले समिति घोषणा गरेका थिए । संघको कार्यसमिति अहिलेलाई १३ सदस्यीय रहेको र पछि मनोनित गरेर २५ सदस्यीय पुर्याइने थापाले बताए ।
सो क्रममा प्रमुख अतिथी एवम् काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, पुर्बमन्त्री एवम् काँग्रेस नेता सुरेन्द्रबहादुर हमाल, पार्टीका जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधान्सु कोइराला, नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, काँग्रेस नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक सभापति धनराज बर्मा र जिल्ला खेलकुद विकास समिति बाँकेका उपाध्यक्ष चेतकान्त भट्टराईले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
समिति गठन कार्यक्रम संघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । संघका लुम्बिनी प्रदेश अध्यक्ष थापाले १२ वटै जिल्लामा कार्यसमिति विस्तारलाई पूर्णता दिने क्रममा रहेको बताए । सो कार्यक्रम सञ्चालन अरुण बिक्रम शाहले गरेका थिए ।