नेपालगन्ज : नेपालगन्जमा सञ्चालनमा आउन लागेको ‘छैठौं नेपालगन्ज महोत्सव’ को तयारी पुरा भएको आयोजकले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित सडक डिभिजन कार्यालय परिसरमा पुस ५ गतेदेखी १७ गतेसम्म उक्त महोत्सव सञ्चालन हुनेछ ।
आयोजक ए.जि. सर्भिस प्रा.लि. नेपालगन्जले बुधबार महोत्सव स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा तयारी लगभग पुरा भएको जानकारी दिएको हो । महोत्सवका संयोजक नन्द बुढाले बुधबार राती अबेरसम्म काम गरेर भएपनि बिहीबार दिउँसो उद्घाटन गरिने जानकारी दिए ।
भिडियो हेर्नुस् :
उक्त महोत्सवको लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले बिहीबार दिउँसो २ बजे औपचारिक रुपमा उद्घाटन गर्नेछन् । उद्घाटन गर्नुअघि झाँकी प्रर्दशन गरिने आयोजकले जनाएको छ । महोत्सव स्थलमा २ सय बढी स्टल निर्माण, कुस्ती प्रतियोगिता, डान्स तथा नृत्य प्रतियोगिता लगायत थारु गाउँको अवलोकन समेतको तयारी पुरा भएको बुढाले बताए ।
महोत्सवको करिव ३ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवमा बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सव अवलोकनका लागि प्रति ब्यक्ति १ सय रुपैयाँ र बिद्यार्थीका लागि ८० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । महोत्सवमा कृषिलाई जोड दिइएको संयोजक बुढाले बताए ।
महोत्सव सञ्चालन गर्ने क्रममा आएका चुनौतीलाई सामना गरेर अगाडी बढिएको प्रष्ट्याए । पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले उद्योगी, ब्यवसायीको छाता संगठनले नै महोत्सवको बिरोध गरेपनि आफुले खासै आपत्ती नजनाएको बताए । ‘हाम्रो छाता संस्थाले कम्पनीको बिधानलाई नबुझेर बिरोध गर्नु भएको छ, उहाँले बिरोध भन्दापनि हाम्रो प्रचार गर्नु भएको हो, मैले आपत्ती जनाउँदैन,’ बुढाले भने ।
यो पनि पढ्नुस् :
छैठौं नेपालगन्ज महोत्सवको तयारी अन्तिम चरणमा