नेपालगन्ज : अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालगञ्जस्थित होटल बाटिकाले थारू परिकारसहित थारु कल्चर डान्स म्युजिकल इभेन्ट आयोजना गर्ने भएको छ । यहि पौष १५ गते होटल बाटिकाले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा पहिलोपटक थारू परिकारसहित कल्चर डान्स तथा नाइट डिज्जे म्युजिकल इभेन्ट आयोना गर्न लागेको हो ।
बुधबार पत्रकार सम्मेलन गरि इभेन्टबारे जानकारी दिँदै होटलका म्यानेजर तथा कार्यक्रम संयोजक सत्य नारायण चौधरीले थारु संस्कृतिको संरक्षण र परम्परागत थारु परिकार प्रबद्र्धन गर्ने मुख्य उद्धेश्यले थारु कल्चर डान्स म्युजिकल इभेन्ट आयोजना गर्नलागेको बताए ।
उनले भने ‘मेला महोत्सव र देशका प्रधानमन्त्री, मन्त्री आउने कार्यक्रममा मात्र थोरै स्थान पाउने थारु संस्कृतीलाई म्युजिकल इभेन्टको रुपमा स्थान दिन लागेका छौं ।’
इभेन्टमा थारु राष्ट्रिय कलाकार अन्नु चौधरी, अन्जु कुस्मीलगायत बाँके र बर्दियाका चर्चीत मोडेलहरुलाई ल्याउने तयारी भईरहेको संयोजक चौधरीले बताए । पर्यापर्यटन तथा थारू संस्कृति र खानालाई प्राथमिकता दिएर पहिलोपटक थारू कल्चर डान्स तथा नाइट डिज्जे म्युजिकल इभेन्ट गर्न लागेको संयोजक चौधरी बताए ।
संयोजक चैधरीले मार्यक्रममा १२५० को प्याकेज राखिएको बताए ।
प्याकेजमा मटन, चिकेन, माछा र क्यान वियरसँगै विभिन्न थारु परिकार समाबेस गरिएको जानकारी दिए । शाकाहारीहरुका लागि मटर पनिर, ढिक्रि र अन्य खानाको परिकार समाबेस गरिएको जनाए । ‘पौष १५ गते राती ८ बजेदेखि राती १२ बजे सम्म सञ्चालन हुने इभेन्टमा सहभागी सबै पाहुनहरुलाई थारु परिकारको स्वादसँगै थारु डान्समा सँगसँगै रमाएर भरपुर मनोरञ्जन गराउने हाम्रो उद्देश्य हो,’ उनले भने । पारिवारिक रूपमा आउनेहरूका लागि भने ५ वर्ष मुनीका बच्चाहरूको कुनै शुल्क नलाग्ने संयोजक चोधरीले बताए ।