नेपालगन्ज : महिला उद्यमी संघ नेपाल बाँकेले आठौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी गरेको छ । महिला उद्यमीका उत्पादनलाई बजारीकरण, प्रोत्साहन र नव उद्यमीलाई उत्प्रेरणा दिने उद्देश्यले प्रदर्शनी गर्न लागिएको हो । प्रर्दशनीका लागि नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
यही पुष २४ देखि २८ गते सम्म बागेश्वरी मन्दिर परिसरमा रहेको चिल्डे«न पार्कमा प्रर्दशनी हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । संघ बाँकेका अध्यक्ष सावित्रा बस्नेतले प्रर्दशनीको तयारी ब्यापक रुपले गरिरहेको बताइन् । ‘यस हामीले केही नयाँ अभ्यास गर्दै प्रदर्शनी आयोजना गर्ने तयारी गरेका छौं, यसले महिला उद्यमीलाई आत्मनिर्भर बन्न थप प्रेरणा दिनेछ,’ उनले भनिन् ।
भिडियो हेर्नुस् :
संघका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा पराजुलीले थुप्रै चुनौती र समस्याको सामना गर्दै प्रदर्शनीलाई निरन्तरता दिइएको बताइन् । ‘हामीले सबै समस्याको सामना गर्दै महिला उद्यमीको हौसला अभिवृद्धिका लागि काम गरिरहेका छौं,’ उनले भनिन् ।
संघ बाँकेका प्रथम उपाध्यक्ष एवम् प्रर्दशनीका संयोजक रेवती सिंहले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर प्रर्दशनी गर्न लागिएको बताइन् । प्रदर्शनी आयोजना गर्न यस पटक विभिन्न निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान, संघ संस्थाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आर्थिक संयोजक शशी स्वारले बताईन ।
उनले भनिन, ‘हामीले यसपटक केहि ब्यापारिक प्रतिष्ठानले सहयोग गर्ने कुरा गर्नु भएको छ । उहाँहरुको सहयोगले प्रदर्शनी आयोजनामा हामीलाई थप उत्साह थपेको छ ।’ प्रदर्शनीमा यस पटक ६० बढी महिला उद्यमीका स्टल रहने आयोजकले जनाएको छ । प्रदर्शनीका लागि करिव १० लाख खर्च हुने अनुमान गरिएको छ । प्रदर्शनी अवधिमा करिव ८ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रर्दशनीमा कर्णाली र सुदुरपश्चिबाट समेत केही महिला उद्यमी प्रदर्शनीमा सहभागी बताइएको छ ।
प्रदर्शनीमा कर्णाली प्रदेशको जाजरकोटबाट पत्थर, सुर्खेतबाट ढाकाको कपडा, बर्दियाबाट बेसार, होमस्टेबारे प्रचार प्रसार, स्थानीय खानाको परिकार, पुर्वी रुकुमबाट स्थानीय खाद्यवस्तु, नेपालगन्जको नाना चाचाले जेलमा बसेका महिलाले उत्पादन गरेको कपडा, बाँकेबाट तोरीको तेल, दाल, चामल, बर्दियाबाट स्विटर लगायतका उत्पादन सहित महिला उद्यमी पहिलो पटक सहभागी हुने आयोजकले जनाएको छ । नव उद्यमीलाई प्रोत्साहन गर्न विद्यार्थीलाई निःशुल्क स्टल राख्न दिने संघले जनाएको छ ।